धादिङ समाज अस्ट्रेलियाले नयाँ वर्षको उपलक्ष्य पारेर सिड्नीमा नयाँ वर्ष शुभकामना साँझको आयोजना गरेका छन्।
‘नजाउ पर आउ वर वर’, ‘तिम्रो म छु मेरो पो को छ र भन्दै गायीका रेखा शाहले नयाँ वर्षलाई सिड्नीमा उल्लासमय बनाएकी थिइन्। पुरानी लोक गायिका रेशा शाहले नयाँ र पुराना गरेर एक दर्जन गायकी पस्किँदा रकडेलको इन्द्रेणी हल संगीतमय बनेको थियो।
स्थानीय कलाकारहरू ईश्वर पोखरेल र रमन रेग्मीले पनि शुभकामना साँझलाई बिशेष बनाएका थिए।
सन् २०१४ मा किरण अधिकारीको अध्यक्षतामा सिड्नीमा गठन भएको धादिङ समाजले छोटो समयमा आफ्नो अलग पहिचान बनाउँदै धादिङ जिल्लामा पर्ने पृथ्वी राजमार्गमा राजमार्ग बाल उद्यान बनाउने उद्धेश्यका साथ शुभकामना साँझको आयोजना गरेको यसका संस्थापक तथा संरक्षक किरण अधिकारीले बताए।
यसैबीच सविन थपलियाको अध्यक्षतामा धादिङ समाजको नयाँ कार्यसमिति निर्विरोध चयन भएका छन्।
पन्ध्र सदस्यीय कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्र नेपाल सचिवमा राधिका बानियाँ र कोषाध्यक्षमा विश्व थपलिया छन्। यसै गरी समितिका सदस्यमा दिनेश कार्की, दिपा अधिकारी, सुनिता त्रिपाठी, इभा अधिकारी, प्रभात किरण नेपाल, दिपक खनाल, रामचन्द्र शर्मा, कपिल सिंखडा शरद दाहाल, सुमन परियार अनुपजङ्ग बाँनिया छन्।
समाजको सल्लाहकारमा मुरारी लम्साल, प्रतिक्षा पाण्डे, सन्तोष पाण्डे, जनक पाण्डे, दयाराम सिंखडा, उदय लोहनी, अर्जुन केसी र हरी अधिकारी छन्।
नयाँ कमिटिको चयनपछि समाजका अध्यक्ष सविन थपलियाले आगामी दिनमा समाजले परोपकारी कार्यको साथै धादिङको विकासमा लागिपर्ने बताए।