सीड्नी सीटी कलेज, पारामाटाको निमन्त्रणामा कम्बोडियाको बेल्टेइ ग्रुप अन्तर्गत बेल्टेइ इन्टरनेशनल स्कुलका एघार विद्यार्थीहरू दुइ साता लामो शैक्षिक भ्रमणका लागि मंगलबार सिड्नी आइपुगेका छन्।
नेपालीको स्वामित्वमा रहेको सीड्नी सीटी कलेजले विद्यार्थी आदान प्रदान अन्तर्गत कम्बोडियामा रहेको बेल्टेइ इन्टरनेशनलसँग आपसी सम्वन्ध गाँसेको एक वर्षपछि एघार सदस्यीय कम्बोडियन विलार्थी टोली डेढ हप्ते अध्यन भ्रमणका लागि अस्ट्रेलिया आइपुगेको कलेजकी कार्यकारी प्रमुख रन्जु थापाले सेतोपाटीलाई जानकारी दिइन्।
मंगलबार साँझ कम्बोडियन टोलीलाई सीड्नीमा स्वागत गर्दै कलेजकी प्राचार्य रन्जु थापाले अस्ट्रेलियाको भेट शिक्षाका बारेमा जानकारी दिने उद्धेश्यले कलेजले दुई देशबिच शैक्षिक भ्रमणको आदान प्रदान सुरू गरेको बताइन्।
थापाका अनुसार कम्बाडियाबाट आएका दश विद्यार्थी र एक ब्यवस्थापकले कलेजमा करिब आठ दिन नेतृत्व विकास सम्वन्धी कक्षामा सामेल हुनेछन्। ‘यहाँको प्राविधिक शिक्षा र भेट कोर्षको महत्व अनि यसले विद्यार्थी जीवनमा पार्ने सकरात्मक प्रभावलाई हामीले कम्बोडियासँग जोड्ने प्रयास गरेका हौ। पहिलो प्रयासमा हामी सफल भएका छौ, आगामी दिनमा हामी नेपालकै दश जोड दुई कलेजहरुवाट समेत शैक्षिक भ्रमणमा विद्यार्थी ल्याउने योजनामा रहेका छौ’, थापाले भनिन्।
कार्यक्रममा कम्बोडियन बेल्टेइ कलेजकी शैक्षिक उप ब्यवस्थापक सोकोम लीले पहिलो पटक कम्बोडियाका बिध्यार्थी शैक्षिक भ्रमणमा अस्ट्रेलिया आएको बताउँदै यसमा सामेल भएर यहाँको शैक्षिक गतिविधि नियाल्न पाउनु गर्वको बिषय भएको बताइन्।
कार्यक्रममा सिडनी सीटी कलेजले कम्बोडियन विद्यार्थीलाई सोभीनियर प्रदान गरेको थियो। कलेजका प्राचार्य नरेश थापाले कम्बोडियन विद्यार्थीलाई कलेजको लोगो अंकीत भेष्ट, टोपी, कलम लगायतका सामाग्री प्रदान गरेका थिए।
कार्यक्रममा कलेज कम्बोडियन विलार्थीको सम्मानमा रात्रिभोजको समेत आयोजना गरेको थियो। शैक्षिक भ्रमणमा सहभागि बिध्यार्थी पार्क रानावानले पहिलो अस्ट्रेलिया भ्रमणमा धेरै कुरा सिक्ने मौका मिल्ने बताए।