अस्ट्रेलियामा नेपालबाट अध्ययन गर्न आउने केही विद्यार्थीहरुले विभिन्न कारणले दुःख पाइरहेका छन् भन्ने कुरा यतिखेर सर्बबिदितै छ। भर्खरै मात्र एउटा निजी कलेजमा पढेका हजारौं विद्यार्थीहरुको समस्या बाहिर आएपछि यसले यहाँको शैक्षिक पद्दती र शैक्षिक परामर्श उद्योगको विषयमा प्रश्न चिन्ह उठ्न थालेका छन्।
मेरो दुई दशक लामो अनुभवमा अहिले देखिएको अस्ट्रेलियन इन्स्टिच्यूट अफ बिजनेस एण्ड टेक्नोलोजी (एआइबीटी) मा पढ्ने विद्यार्थीको समस्या केही पृथक र नयाँ हो।
यो अहिले एआइबीटीमा देखिए पनि अन्य भेट कलेजमा सयौं अन्य नेपाली विद्यार्थी यसबाट प्रभावित भएको जगजाहेर छ। अस्ट्रेलियन सरकारी शिक्षा नीतिबारे शैक्षिक परामर्शदाता, कलेज वा सम्वन्धित पक्षले यो बुझ्न जरूरि छ।
अस्ट्रेलियामा छोराछोरी पढ्न पठाउँदा अभिभावक तथा विद्यार्थीले शारंशमा बुझ्नुपर्ने कुरा निम्न छन्।
अस्ट्रेलियामा व्यवसायिक (Vocational ) शिक्षा दिन कलेजलाई अनुमति दिन निकाय हो Australian Skills Quality Authority (ASQA) जसले Registered Training Organisation (RTO) को रूपमा दर्ता गरी Certificate II, III, IV, Diploma र Advanced Diploma जस्ता कोर्षको प्रमाणपत्र दिन कानूनी रूपमा मान्यता प्राप्त गर्छ।
त्यस्तै, उच्च शिक्षा (Higher Education) स्नातक, स्नाकोत्तर, विद्याबारिधिजस्ता डिग्री प्रदान गर्ने विश्वविद्यालय वा Higher Education Institute लाई अनुमति दिन सरकारी निकाय Tertiary Education Quality and Standards Agency (TEQSA) हो।
जुनसुकै कलेज, विश्वविद्यालय, संस्थाले पनि माथि उल्लेखित निकायबाट अनुमति पाएपछि कक्षा सञ्चालन गर्न सक्छन्। तर, विदेशी विद्यार्थीलाई पढाउन अस्ट्रेलियन सरकारको The Commonwealth Register of Institutions and Courses for Overseas Students (CRICOS) मा दर्ता भई CRICOS नम्बर प्राप्त गर्नुपर्छ।
CRICOS नम्बर भएपछि मात्रै माथि उल्लेखित कलेज वा विश्वविद्यालयले विदेशी विद्यार्थीलाई भर्ना गरि ‘Confirmation of Enrolment’ (COE) जारी गर्छ र त्यसको आधारमा अन्य कुरा जस्तो, विद्यार्थीको शैक्षिक प्रमाणपत्र, प्राप्त गरेको अंक, अंग्रेजी भाषाको दख्खल (IELTS/PTE को अंक) आर्थिक अवस्था, वास्तविक रूपमा अस्थायी रूपमा मात्र अस्ट्रेलिया प्रवेश गर्न जनाएको कटिबद्धता- Genuine Temporary Entrant (GTE), वास्तविक रुपमा विद्यार्थी हो कि होइन (Genuine student) आदिको मूल्यांकन र जाँचबुझ गरेपछि मात्रै अध्यागमन विभाग जो अहिले Department of Home Affairs मा पर्छ, ले विद्यार्थीलाई विद्यार्थी प्रवेशाज्ञा (Student Visa) प्रदान गर्छ।
विद्यार्थीको प्रवेशाज्ञामा पनि विभिन्न शर्त/ अवस्थाहरु हुन्छन्।
माथि उल्लेखित सरकारी निकायबाट मान्यता प्राप्त कलेज र विश्वविलालयले प्रदान गर्न Diploma वा Degree प्राप्त गर्दैमा सबै क्षेत्रमा आफूले पढेको विषयबस्तुको आधारमा काम गर्न पाइने होइन। सो पेशा वा क्षेत्रमा काम गर्न सम्बन्धित निकायले प्रमाणिकरण गरने वा आधिकारिकता प्रदान गर्नुपर्छ। जस्तो, अस्ट्रेलियामा नर्सिङ मा स्नातक गरेको छ भने Australian Health Practitioner Regulation Agency (AHPRA) मा दर्ता हुनुपर्छ जसले Australian Nursing and Midwifery Accreditation Council (ANMAC) बाट accreditation प्राप्त Degree/Course को आधारमा निर्धारण गर्छ।
साथै, अस्ट्रेलियामा काम गर्नका लागि ANMAC's National Competency Standards पुरा गर्नुपर्छ जुन State or Territory Nursing and Midwifery Regulatory Authority (NMRA) ले regulate गर्छ।
अहिले जुन कुरा AIBT को छ, Diploma of Nursing कोर्स ASQA र CRICOS मा दर्ता छ, जसले गर्दा विदेशी विद्यार्थीले पनि पढ्न आउन पाए।
कृपया यो लिंक मा हेर्नुहोस:
तर, यही कोर्सलाई ANMAC ले मान्यता नदिएको कारणले AHPRA मा दर्ता नहुने भयो, जसले गर्दा उक्त Diploma को आधारमा Enrolled Nurse भएर अस्ट्रेलिया मा काम गर्न नपाउने र पढेको कोर्सको आधारमा कुनै पनि विश्वविद्यालयले Recognition Prior Learning (RPL) वा कुनै विषयमा छुट नदिने भयो। तर यसमा, अस्ट्रेलियन सरकारको पनि ठूलो हेल्चेक्र्याई छ, कारण किन AIBT लाई CRICOS प्रदान गर्यो?
AIBT बाट अन्यायमा परेका विद्यार्थीले आफ्नो फी फिर्ता गर्नेबारे यी लिंकहरूमा हेर्नु होला।
अब प्रश्न छ, के यो कोर्सले AHPRA /ANMAC मान्यता पाएको भए नेपालमा मान्यता पाउँथ्यो? कुन कुन कलेजको कुन Diploma ले नेपालमा मान्यता पाउँछ? कृपया, यो बुझ्ने काम पाठकले गर्नुहोला।
जहाँसम्म विद्यार्थीले अस्ट्रेलिया आउन Statement of Purpose (SOP) बनाएर बुझेका छन्, त्यसमा Diploma सकेर नेपाल फर्केर काम गर्ने वा स्नातक तह सकेर नेपाल फर्कने भन्ने नै हुन्छ। तर, के यो Diploma ले नेपालमा काम गर्न पाउँछ? कृपया बुझ्नुहोला।
अहिलेको परिस्थितिमा सुन्नमा आएको छ कि केही University हरूले Bachelor को लागि गरेको Offer फिर्ता गरे रे। यदि AIBT मा Diploma सकेपछि Bachelor of Nursing (Diploma Leading to Bachelor) मा भर्ना गर्ने, Diploma को आधारमा केही विषयलाई exemption दिने भनेर कुनै University ले विद्यार्थीलाई Offer गरेको छ, र सो Offer लाई स्वीकार गरेर पठाएको छ भने त्यो university उपर मुद्दा गर्न सकिन्छ। त्यसको लागि उचित कानूनी सल्लाह लिन जरूरि छ।
जहाँसम्म शैक्षिक - परामर्शदाता (Education Consultants) को आचरणको कुरा छ, केही साह्रै नीतिवान (ethical) छन्। भने धेरै जसो नामका मात्रै ‘परामर्शदाता’ जसले आफूलाई प्रमुख, सिनियर, एक्स्पर्ट, इस्पेसलिस्ट, प्रिन्सिपल आदि इत्यादि उपनाम राखेर परामर्श प्रदान गरेका छन्। कतिले त आफैंले ‘विश्वविद्यालय’ मा खुट्टा पनि टेकेका हुँदैनन्।
नेपालमा प्रमुख परामर्शदाताका साला, भाइ, भतिजा, भान्जी, आदि नाता-गोता भित्रकाले कार्यालय चलाएका हुन्छन्।
यस्तो अवस्थामा उनीहरूले दिएको सल्लाह र सुझाव कति काम लाग्ला। विषयको चुरो कुरो भनेको हरेक पेशालाई जिम्मेबार बनाउन सम्वन्धित निकायले नजिकबाट अध्ययन गर्न जरूरि देखिन्छ।
यतिखेर हजारौ विद्यार्थी अस्ट्रेलियामा अन्यौलमा रहिरहँदा यसको प्रभाब भनेको सम्पूर्ण मुलुकलाई पनि पर्नु हो। त्यसैले यस बिषयमा शैक्षिक परामर्शदाताहरू जिम्मेबार बन्न जरूरि देखिन्छ भने विद्यार्थी र अभिभावकहरू पनि विदेश पठाउने नाममा नबुझिकन लाखौं पैशा तिरेर अफर लेटरमा हस्ताक्षर गर्दा यसको परिणामका बारेमा घोत्लीन जरूरि देखिएको छ।
लेखक अस्ट्रेलियाका कानुन ब्यवसायी हुन्।
यो पनि हेर्नुहोस्
अष्ट्रेलियामा एआइबीटी कलेज खारेज, एक हजार नेपाली विद्यार्थी प्रभावित