नेपाली विद्यार्थीहरुको लागि आकर्षणको केन्द्रबिन्दु बनेको अस्ट्रेलियामा यतिखेर करिब पचास हजारको हाराहारीमा नेपाली विद्यार्थी रहेको अनुमान छ ।
सिड्नी शहरका ट्रेन, बस, सडक, गल्ली अनि शहर र मलहरुमा टाउको घुमाउँदै गर्दा नेपाली नदेखिने सायदै कुनै ठाउँ होला ।
रातको १२ बजे होस या बिहानीको चार बजे सिड्नीका चारै दिशामा नेपाली आवाजले कान ठाडो बनाइहाल्छ ।
त्यती मात्र होइन, सिडनीका नर्सिङ होमदेखि हस्पिटलसम्म अनि चिया दोकानदेखि ठुला ब्यापारिक मलसम्म नेपालीपनको आभास पाइन्छ ।
अस्ट्रेलियाको अध्यागमन बिभागले हालै दिएको विवरण अनुसार अस्ट्रेलियाभर छरिएर रहेका नेपाली विद्यार्थीहरुको संख्या सन २०१८को डिसेम्बरसम्म ४३ हजार २१ रहेको छ ।
त्यसपछि पछिल्ला तिन महिनामा करिब दुई हजार भन्दा बढि नेपाली विद्यार्थी अस्ट्रेलिया आइसकेको अनुमान गरिएको छ ।
सरकारी तथ्यांकका अनुसार नेपाली विद्यार्थीहरुको सबैभन्दा बढि घुइचो न्यु साउथवेल्स राजय अर्थात सिड्नी वरपरनै रहेको छ ।
४३ हजारको तथ्यांकभित्र सिडनीवरपर मात्र २९ हजार २० जना नेपाली विद्यार्थी अध्यनरत रहेको देखिन्छ । जुन अन्य समुदायको भन्दा निकै बढि हो ।
नेपाली विद्यार्थीहरुको अस्ट्रेलियाका अन्य शहरको तुलनामा न्यु साउथवेल्स राज्य नै रोज्नुको पछाडी आफ्ना नाता गोता अनि काम र मामको मुख्य हो।
अस्ट्रेलियाका अन्य ठुला शहरहरुमा भिक्टोरिया राज्यको मेलवर्न वरपर ६ हजार ९ सय ७२ जना नेपाली विद्यार्थी अध्यनरत रहेका छन भने क्वीन्सल्यान्ड राज्यको ब्रिसबेनमा तीन हजार सात सय ४२ जना विद्यार्थी अध्यनरत रहेको सरकारी तथ्यांकले देखाउँछ ।
विदेश जाने रहर ,हतारमा निर्णय र गलत सुचना प्रवाह र परामर्शदाताको अनुत्तरदायी भुमिकाका कारण अस्ट्रेलियामा सुन्दर भबिष्यको खोजिमा उच्च अध्यनका लागि आएका हजारौ नेपाली विद्यार्थी अन्यौलमा परेको निचोड नेपाली राजदुतावासले निकाले पनि यहाँ आउने नेपाली विद्यार्थीमा कमी आएको छैन ।
यस्तै अस्ट्रेलियाको अन्य शहरहरुको तुलनामा साउथ अस्ट्रेलिया अर्थात पर्थमा एक हजार पाँच सय र साउथ अस्ट्रेलियाको एडिलेडमा एक हजार दुई सय ४७ विद्यार्थी रहेको अध्यागमनको तथ्यांक छ ।
अस्ट्रेलियामा अध्ययनका लागि आउने बिदेशी विद्यार्थीहरुको सुचिमा नेपाल चीन र भारतपछि तेस्रो ठुलो राष्ट्रका रुपमा रहेको छ । यतिखेर विश्वविद्यालय भन्दा भेट कोर्समा नेपाली विद्यार्थीहरु अस्ट्रेलियामा बढी आएको देखिन्छ ।
अहिले करिब साढे छ लाख अन्तराष्ट्रिय विद्यार्थी उच्च अध्यनका लागि अस्ट्रेलियामा छन ।
टेफ जस्ता प्राविधिक शिक्षालयमा सही विषय चयन गर्ने हो भने भेटनरी सुनमा सुगन्धको विषय पनि हो ।
डिप्लोमा र एडभान्स डिप्लोमामा झुन्डियर पढ्नेभन्दा हल्लिनेका लागि यो कमाउ र टिकाउ पढाइ पनि हो ।
पढ्दै सन्चिती गरेर माथिल्लो संकायको लागि रणनिती बनाउने हो भने भेट राम्रो विषय हो ।
अस्ट्रेलिया अवसर र चुनौतीको संगम रहेको यस पेशामा लामो समय बिताएका एनअराएन आइसीसीका पुर्व सदस्य बालचन्द्र भट्टराई बताउँछन ।
समय परिस्थिति र वातावरणले पछिल्लो समयमा स्थायीत्वका लागि केहि कठिन प्रावधान आएपनि यहाँ संभावनाका लाख बाटाहरु रहेको भट्टराइको तर्क छ ।
सँगसँगै विद्यार्थीहरुका लागि चुनौतीका पनि पहाड भएको उनी स्वीकार्छन ।
प्रारम्भका दिनहरुमा कमाउने, पढने र अनि ब्यबस्थापन गर्न निकै कठिनाइ पनि छ तर मिलाएर अगाडि बढने हो भने त्यो संभव हुने भट्टराई बताउँछन ।
'बिग्रनेका लागि त यहाँ सबै कुरा खुला छन तर सप्रनेका लागि अवसरका खानी पनि यही छन', राइट एन्ड एशोसियट्सका निर्देशक भट्टराई भन्छन, 'मुख्य कुरा भनेको विद्यार्थीले पढ्न आएपछि आफ्नो अध्यन,अध्यापन र काम अनि मामको कुशल ब्यवस्थापन गर्न सक्नुपर्छ ।'
त्यस्तै, सुन्दर भबिष्यका सपना बोकेर अस्ट्रेलियामा पढन आएका विद्यार्थीहरुलाई आफुले पढेको ज्ञान र सिकेको सीपनै जीवनमा उपयोगी हुने हुनाले त्यसमा ध्यान दिनुपर्ने काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट्स अस्ट्रेलियाका अध्यक्ष विजय सापकोटा बताउँछन्।
अन्तराष्ट्रिय विद्यार्थीहरुको छाता संगठनका यी अध्यक्ष बनेर लोकप्रीयता कमाएका यी सापकोटा यहाँ आउने नयाँ पिढिँलाई आत्मविश्वासी र जानकार बन्न सुझाब दिन्छन् ।
'यहाँ मौका पनि छ अनि कठिनाइ पनि । जानेर, बुझेर र आफ्नो दायित्व संझेर पढनेहरुले सफलता हात पार्ने कुरामा शंका छैन', सापकोटाले भने ।