सिकेको सीप र पढेको ज्ञान खेर कहिल्यै जान्न भन्थे बुढापाकाले। नेपाल भन्दा सात समुन्द्र पार आएर पनि नेपालीहरूले पढेको ज्ञानलाई व्यवहारमा उर्तान थालेपछि सबैखाले व्यवसायमा नेपालीको पहिचान बढ्न थालेको छ।
प्रारम्भमा पढ्ने,जागिर खाने र गरिहाले पनि रेस्टुरेन्ट, पसलजस्ता व्यवसायमा देखिएका नेपालीहरू यतिखेर अस्ट्रेलियाका हरेक खाले संरचनामा बाँधिन थालेका छन् ।
मोर्गेजसँगै रियल स्टेटमा बिस्तारै अगाडि बढेका नेपाली व्यवसायीहरू यतिखेर निर्माणमा पनि फाट्टफुट्ट देखिन थालेका छन्।
नेपालीको संख्या बाक्लिदै गर्दा अस्ट्रेलियामा सबैखाले उद्योगधन्दामा पहुँच हुनु आफैंमा गौरवको विषय पनि हो।
यतिखेर सिड्नी सहरमा सहभागिता मुलक व्यवस्थापनमा रियलस्टेट, व्यवस्थापन र निर्माणका सबै प्याकेजसँगै मेट्रो होम्स न्यु साउथवेल्स नामक नेपाली कम्पनी बजारमा आएको छ।
मेट्रो होम्स एनएसडब्लु नामक यो संस्थाले विभिन्न तीन चरणमा आफूलाई उभ्याएको छ। मेट्रो होम्स रियल स्टेटका रूपमा पनि कार्यरत रहेको छ भने अर्कोतिर यसले आफूलाई मेट्रो कन्स्ट्रक्सनका रूपमा अगाडि ल्याएको छ।
अर्कोतर्फ मेट्रो प्रोजेक्ट डेभलपमेन्टका रूपमा उसले आफूलाई डेभलपर बनाएको छ ।
यस मेट्रो होम्स एउटा छुट्टै योजना र परियोजनाका रूपमा अगाडि बढाइएको यसका कार्यकारी निर्देशक ज्ञानेन्द्र कार्की बताउँछन्। कार्कीले सहभागिता मुलक ब्यवस्थापनमा अगाडि बढेको मेट्रो होम्स भित्र रेने एन्ड हर्न इंगलवर्न र विस रियल स्टेटपनि आवद्ध रहेको बताए । ‘ग्राहकमुखी नीतिलाई केन्द्र बनाएर अगाडि बढेको मेट्रो होम्सको मुख्य उद्देश्य भनेकै ग्राहकलाई सन्तुष्टि दिनु हो,’ कार्कीले भने।
नेपाली समुदायमा पहिलो पटक मेट्रोले कन्स्ट्रक्सनमा समेत पाइला अगाडि बढाएको बताए।
बजारमा नेपाली मन र नेपालीपनलाई सुहाउँदो घरहरूका लागि मेट्रोले काउन्सिल रिक्वायरमेन्टदेखि डिजाइन र निमार्णमा समेत काम गरेको र केही नमूना घरहरू समेत तयारी अवस्थामा रहेको निर्देशक कार्कीले बताए।
हाम्रो मुख्य योजना भनेकै ग्राहकहरूको आवश्यकता र रोजाइ अनुरूप आवश्यक बजेटमा घर निर्माण गरेर दिनु हो। योसँगै मेट्रो प्रोजेक्ट डेभलोपमेन्ट अन्तर्गत एकै क्षेत्रमा काम गरेका एजेन्सी र मोर्गेज ब्रोकरहरूसँग मिलेर सहभागिमूलक व्यवस्थापन अन्र्तगत सबैसँग मिलेर बिजनेश भेन्चर र ज्वाइन्ट भेन्चरमा अगाडि बढ्ने उनीहरूको योजना छ। मेट्रो होम्सले अहिले बजारमुखी व्यवस्थापनसँगै ग्राहकमुखी सेवा प्रद्धत गर्ने योजना अनुरूप आफूलाई अगाडि बढाएको निर्देशक कार्कीले बताए।
‘नेपाली समुदायमा कस्टम डिजाइनका घरहरू बनाएर अनावश्यक खर्चको कटौती गर्दै सीमित बजेटमा पनि राम्रा घर उपलब्ध गराउने हाम्रो प्रयास हो र हामी त्यसमा सफल भएका छौं’,कार्कीले भने।