अस्ट्रेलियाको मेलवर्नमा स्थापीत भिक्टोरीयन नेप्लिज क्रिकेट संघले यसै साता सुजित बस्नेतको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ।
सन् २०२१/२२ का लागि गठन गरिएको समितिको संरक्षकमा विनीत शर्मा र सल्लाहकारमा पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय क्रिकेटर यशवन्त सुवेदी, विनोद लामा र राजन मास्केलाई मनोनयन गरिएको छ। यस्तै नयाँ समितिको उपाध्यक्षमा सन्दीप बोगटी र सचिवमा सुमन्यू थापा चयन भएका छन्।
नयाँ समितिको कोषाध्यक्षमा सचिन बुढाथोकी, मिडीया र स्पोर्टस संयोजकमा उत्सव पोखरेल, सदस्यमा द हिमालयन क्लवबाट सुवेस पन्त, एक्सपर्ट सगरमाथा ब्लुजबाट शिव अधिकारी, मेभन क्रिकेट क्लवबाट सुदीप पौडेल, फार वेस्ट क्रिकेट क्लवबाट धिरेन्द्र कुँवर चयन भएका छन्।
समितिले क्रिकेट संयोजकमा सवीन अधिकारी, अम्पायरीङ र प्राविधिक सन्तोष बस्ताकोटीलाई चुनेको छ। भिक्टोरियाको नेपाली समुदायमा क्रिकेट लगायत अन्य खेललाई बढावा दिनु, आपसी भाइचारा बृद्धि गर्नुका साथै युवा र उदीयमान खेलाडीलाई उचित अवसर दिने हेतुले खोलिएको संस्था हो।
भिएनसीएले निकट भविस्यमानै राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता मेलवर्नमा आयोजना गर्ने तयारी समेत गरेको छ।