नेपलीज एसोशिएशन अफ क्विन्सल्याण्ड (एनएक्यु), रेडियो ४ इबि ९८.१ एफएम नेपाली कार्यक्रम समूह तथा ब्रिसबेन बिसौनीको संयुक्त आयोजनामा ब्रिसबेनमा आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्ती तथा कविता कन्सर्ट एक कार्यक्रम बीच आयोजना गरि मनाइयो।
कार्यक्रमलाई गैरआवासीय नेपाली संघ क्विन्स्ल्यान्ड तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, क्विन्सल्याण्डले सहयोग गरेका थिए। नेप्लीज एसोशिएशन अफ क्विन्सल्याण्डका सभापति गोविन्द बरालको स्वागत मन्तब्य र कार्यक्रमका अतिथिद्वय कवि नवराज पराजुली र बाँसुरी बादक सम्यक महर्जनको औपचारिक स्वागतबाट सुरू भएको थियो।
कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यार्पण र बिनोदभक्त आचार्यद्वारा भानुभक्तको रामायणका केही श्लोकहरुको बाचन गरिएको थियो। कार्यक्रमको प्रथम चरणमा १९ जना स्थानीय श्रष्टाहरुले काब्य शृजनाहरु बाचन गरेका थिए।
कार्यक्रमको सञ्चालन बिक्रम तिमिल्सिना र मन्दिरा सापकोटाले गरेका थिए।
कार्यक्रमको दोस्रो चरणमा अतिथि कवि नवराज पराजुलीको 'कविता कन्सर्ट' को आयोजना गरिएको थियो। जसमा कवि पराजुलीले बाँसुरी बादक सम्यक महर्जनको बाँसुरीको सुमधुर धुनसँगै सगरमाथाको गहिराइ, हेब्बी बड्डे, खोया, च्याउ र मोक्ष कविता बाचन गरेका थिए। कार्यक्रममा उपस्थित करिब १२० जना दर्शकहरुले करिब एक घण्टा लामो कविताहरुको पहिले कहिल्यै साक्षात्कार नगरेको एउटा पृथक र उत्कृष्ट शैलीको बाचनले दर्शक दिर्घामा गहिरो शून्यता छाएको थियो। दर्शकले सो कार्यक्रम आँखा नझिम्क्याएर हेरेका र मन्त्रमुग्ध भएर सुनेका थिए।
सुन्दै गर्दा जीवन्त लाग्ने कवि पराजुलीका कविताहरुले दर्शकको मन यति बिघ्न छोएको थियो कि, कतिपय दर्शकको आँखा रसाएका थियो। कार्यक्रमको क्रममा कवि पराजुलीको कृति ‘सगरमाथाको गहिराई’ इच्छुक दर्शकहरुलाई सर्जककै हस्ताक्षर सहित उपलब्ध गराइएको थियो।
भव्यताका साथ सम्पन्न उक्त कार्यक्रमको अन्तमा आयोजक समितिको तर्फबाट केशव शर्माले सहभागी, अतिथिहरु, प्रायोजक संस्थाहरु र स्वयंसेवक हरुलाई धन्यवाद ज्ञापन गरेका थिए।