गैर आवासीय नेपाली संघ सार्क मुलुकभन्दा वाहिर विश्वभर छरिएर रहेका नेपालीको साझा संस्था हो। ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्र बोकेको गैर आवासीय नेपाली संघको आफ्नै उद्धेश्य, लक्ष्य र सीमा छन्, गैर आवासीय नेपाली संघको मूल मन्त्र प्रवासबाट स्वदेशलाई के दिन सकिन्छ र देश विकासमा कसरी सहयात्री हुन सकिन्छ भन्ने हो।
संघले आफ्ना छुट्टा छुट्टै समिति मार्फत देशमा अनेकौ काम गरेको उदाहरण छन्- चाहे खाडी मुलुकमा अन्यायमा परि ज्यान जोखिमका वेला जुटाएको ब्लड मनि, सवै खाले सामाजिक, कानुनी र आर्थिक सहयोग होस् चाहे सामुहिक लगानी मार्फत नेपालमा गरिएका विविध लगानीहरु ( हाइड्रो पावर कम्पनि , स्तरीय / तारे होटल , पर्यटन , शिक्षा , स्वास्थ्य लगायत अन्य) दर्जनौ क्षेत्रमा गरिएको लगानी होस् वा सवै सवै नेपालीको मन जित्ने गरि गरिएको भूकम्प गएको २४ घण्टा वित्दा नवित्दै थलिएको / गरिएको राहत कार्यक्रम वा जारी पुनर्निर्माण को काम होस् , नेपाल र नेपाली को अमन चयन र सर्वोपरी हित नै सारा एन आर एन हरु र सिंगो संस्था गैर आवासीय नेपाली संघको मूल चाहना र मर्म हो!
अव कुरा गरौ डा. गोविन्द के सी को सत्याग्रहको ,यसमा फरक फरक र विविध विचार हुन सक्छन् , भद्र विमति र फरक विचारको म सधै सधै सम्मान गर्दछु , अपितु वुझ्नुपर्ने कुरा के हो भने, शर्त र मुख्य संयोजनकारी भूमिका समाएर एन . आर . एन र समस्त एन . आर. एन हरु एक भएर डा. गोविन्द केसीको सत्याग्रहलाई नैतिक समर्थन जनाउनु पर्छ। किनकि मैले माथिनै भनि सके एन . आर . एन र समस्त एन .आर. एन हरु नेपाल र नेपालीका लागि एक विशिस्ट र विशेष शक्ति हुन्।
अन्याय, अत्याचार,वेथिति र अराजकताको विरुद्ध आवाज उठाउन सक्ने सच्चा वौद्धिक, वुद्धिजिवी र प्राज्ञिक नागरिक समाज, समुह र संस्था हो एनआरएन, खुलेर सत्यलाई सत्य र अन्यायलाई अन्याय भन्न सक्ने पवित्र निधि हुन् एन आर एन।
दुर्गम क्षेत्रमा विद्यालय , पुस्तकालय , स्वास्थ्य चौकी लगायत प्रत्यक्ष जनतालाई हित हुने गर्दै आएको सर्वविधितै छ।
सामान्य भन्दा सामान्य नागरिक अस्पताल देख्न नपाएर, १ चक्की सिटामोल नपाएर आकाल मै ज्यान गुमाउनु नपरोस भनेर त्यका लागि डा. केसी लागि परेका छन्। दुर्गममा शिक्षा र स्वास्थ्यमा नागरिकको बराबर पहुँच हुनुपर्छ र सरकार यसमा सचेत र गम्भीर हुनुपर्छ भनेर आफ्नो ज्यानको बाजी राखेर अनसन बसेका छन्।
इमान, जमान र नैतिकताका पर्याय डा. गोविन्द के सीको आमरण अनसन र सत्याग्रहको पूर्ण समर्थन गर्छन्, त्यति मात्रै होइन सरकार र डा. गोविन्द के सी को विचमा वार्ता गरि समस्या समाधानको पहल कदमीमा समेत सारथी बन्न एन आर एन अगाडि सर्नुपर्छ।
सत्याग्रहमा बसेको १५ दिन वितिसक्दा पनि सरोकारवाल निकायले सत्याग्रही डा. गोविन्द के सी को आन्दोलनलाई ठोस रुपमा नलिइनुलाई के भनौ?
अब यो एनआरएनलाई सह्य छैन। अति भयो। जसरि हरेक सचेत र जिम्मेवार नागरिकलाई यो पाच्य छैन त्यसरी नै सबै सवै एन. आर . एनलाई छैन।
भूकम्पपीडितका लागि भनेर आएको जस्तापातामा समेध धाँधली र भ्रष्टाचार गर्ने नेपाली नेताहरूलाई के भनौ? त्यसैले आँट , इमान , जमान र नैतिकता भएका देश र सच्चा देशवासीका लागि लड्ने, दुर दराजलाई हेर्ने ती व्यक्ति जसलाई हामीले साथ नदिए कसले दिन्छ?
सत्यका लागि कसैको केही लाग्दैन। जसरी पूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाएर लखेटियो यसबाट सबै छर्लङ्ग हुन्छ। वलवान छ र सत्यको अवश्य जित हुन्छ।
त्यसैले सत्यको वाटो यात्रा गर्दा धेरै एक्लिनु र एक्लो हुनुपर्ने परिवेश को समाज अहिलेको समाज हो। यती हुँदा हुँदै पनि गौतम वुद्धको देशमा सत्य मेटिदैन र मर्दैन त्यसैले सत्य र निष्ठाका लागि डा. केसीको आन्दोलनमा हाम्रो ऐक्यवद्धता सदा हुनेछ।