अष्ट्रेलेयन नेपलीज मेडीकल एण्ड डेन्टल एसोसिएन (आन्मडा) को न्यूसाउथ वेल्स च्याप्टरले आईतबार आदित्य मेमोरियल फण्डको स्थापना गरेको छ। आन्म्डाका संस्थापक सदस्य डा.आदित्य मलिकको गत महिना करिब ३५ वर्षको उमेरमै आकस्मिक निधन भएपछि उनको सम्झनामा आन्मडाले कोषको स्थापना गरेको न्युसाउथवेल्सका संयोजक डा.प्रवीन पाठकले जानकारी दिए ।
‘समाजसेवी डा.मलिक सदैव अरुको मद्घतका लागि तत्पर रहन्थे र उनलाई आउने दिनहरुमा आन्म्डाले यसरी सम्झनामा राख्ने कोशिश गरेका हौ,’ डा.पाठकले भने, ‘उक्त फण्ड नेपालमा जेहेन्दार मेडिकल विद्यार्थीलाई छात्रवृत्तिमा प्रदान गरिने योजना छ।’
त्यस्तै कोषले सिड्नीमा आएका अन्य मेडिकल विद्यार्थीलाई पनि सहयोग गर्ने योजना रहेको आन्म्डाका सदस्य गणेश श्रेष्ठले बताए।
कार्यक्रममा मलिकका परिवारले आन्मडाको उक्त घोषणाले अत्यन्त खुशी भएको जानकारी दिए।
कार्यक्रममा फनीन्द्र सुब्बाद्धारा निर्देशित ऐतिहासिक डकुमेन्ट्री “कथा नालापानी” को प्रदर्शन गरिएको थियो ।