शैक्षिक परामर्शदाताको काममा नाम कमाएको एक्सपर्ट एजुकेशनको एक्सपर्ट फाउन्डेसन यतिखेर मुलुकमा आइपरेको बिपत्तीको सामना गर्न जुटेको छ।
पछिल्लो पटक मुलुकमा आएको भूकम्पको बेला आपत बिपतमा सहयोग गर्ने उद्धेस्यले एक्सपर्ट फाउन्डेसन गठन भएको थियो। त्यति बेला पनि आफ्नो स्थापनासँगै एक्सपर्टले सिन्धुपाल्चोक लगायतका स्थानमा करिब दश लाखको राहत सामाग्री बितरण गरेको थियो।
यतिखेर मुलुक बाढी पहिरोको प्रकोपले अस्तब्यस्त छ अनि एक्सपर्ट फाउन्डेसन राहतमा जुटेको छ।
एक्सपर्टका निर्देशक संजिव शर्माले यस पटक सुनसरी, झापा, चितवन बाँके र दाङ जिल्लामा बाढि पीडितहरुलाई पाँच लाख पचहत्तर रुपैया प्रदान गरे। हाल नेपालमै रहेका सन्जिवले बिभिन्न जिल्लाहरुमा प्रभावित नगरका मेयर तथा प्रमुख जिल्ला अधिकारी मार्फत नगद सहयोग गरेका हुन्।
फाउन्डेसनले यस बाहेक सिन्धुपाल्चोकको सेलोङमासमेत माध्यमिक विद्यालयको भवन निमार्ण अघि बढाएको छ। यो करिब करिब पूरा भइसकेको छ, हामीले यस्तै खाले बिपत्तीमा सहयोग गर्न सकौ भन्ने उद्धेश्यका साथ एक्सपर्ट परिवारको सहयोगमा फाउन्डेसनको स्थापना गरेका हौ, एक्सपर्टका कार्यकारी निर्देशक बद्री अर्यालले बताए।
साच्चै नै हामीले शैक्षिक सेवावाट कमाएको मेवालाई देशको हितमा लगाउन सकिन्छ की भनेर भुकम्पको लगत्तै फाउन्डेसनको स्थापना गरेका थियौ ,अहिले आएर सहयोगी हात बनेको छ , एनएसडब्लु राज्यका पर्यटनदुत समेत रहेका अर्यालले सुनाए ।