मेहनत गर्नेका लागि संसारका कुनै कुनाले पनि सफलताबाट छेक्न सक्दैन। अमेरिका होस वा नेपाल या अस्ट्रेलिया र जापान। कर्म गर्नेले फल प्राप्ती गर्छ त्यसमा कुनै शंका नै छैन।
त्यसमाथि पनि मुलुक चिनाउने माध्यम बनेको खेलकुदको त कुरै बेग्लै। डिडियर ड्रोग्बा फुटबल खेल्दै गर्दा आइभरीकोस्ट चिनिएको सबैलाई थाहा छ। यता अस्ट्रेलियामा बसेर पनि नेपालको झन्डा बोक्ने एक जोडी नेचुरल बडी बिल्डरले यतिखेर नेपालसँगै अस्ट्रेलियामासमेत आफ्नो मेहनत र परिश्रमले मुलुकको मान सम्मान बढाइरहेका छन्।
नेचुरल बडि बल्डिीङको ओलम्पिकमासमेत नेपालको झन्डा बोकेर स्वर्ण जितिसकेका सन्तोष श्रेष्ठ र अर्की पदकधारी प्रा श्रेष्ठलाई यहाको एनिटाइम्स फिटनेश क्लबले ब्रान्ड एम्बसेडरका रुपमा नियुक्त गरेको छ।
सन्तोषलाई एनिटाइम फीटनेश मोसमन र प्रा श्रेष्ठलाई न्युट्रल बेले ब्रान्ड एम्बेसडर बनाएको हो। अस्ट्रेलियाको सिड्नीमा बसेर नेचुरल बडिबिल्डीङमा लागिपरेका यी नेपाली जोडीले थुप्रै पटक मुलुकको झन्डा बोकेर शान र मान बढाइसकेको छन्।
त्यसमाथि पनि अस्ट्रेलियाको चर्चित फीटनेश क्लबले ब्रान्ड एम्बेसडर बनाउनु नेपाली समाजको लागि गर्वको विषय बनेको छ।