‘कुटुमा कुटु सुपारी दाना… बोलको गीतबाट सर्वाधिक चर्चामा आएको नेपाली फिल्म ‘२ रुपैयाँ’ नेपालसँगै सेप्टेम्बर ८ मा सिड्नीमा पनि रिलिज हुने भएको छ।
यो फिल्म अष्ट्रेलियाका विभिन्न शहरमा समेत प्रदर्शन हुँदैछ। अष्ट्रेलियाको सिड्नीमा यो फिल्म सेप्टेम्बर ८,९ र १० तारीख़ गरेर तीन सो चल्ने छ। टाउन हलस्थित इभेन्ट सिनेमामा रिलिज हुँने २ रुपैया सेप्टेम्बर ९ का दिन बरउड तथा सेप्टेम्बर १० का दिन हर्स्भिलको इभेन्ट सिनेमामा प्रदर्शन हुँदैछ।
https://www.youtube.com/watch?v=166o_vQmpVA
अष्ट्रेलियामा नेपाली चलचित्र प्रदर्शन गर्दै आएको आरकेएस अस्ट्रेलियाले यो चलचित्रलाई सिड्नीमा प्रदर्शन गर्ने जिम्मा लिएको हो। अष्ट्रेलियाका नेपाली दर्शकहरुको नेपाली चलचित्र प्रतिको माया र सदभाबलाई मध्यनजर गर्दै यो चलचित्र भित्राएको आयोजक आरकेएसका रविन्द्र कुमार शर्माले बताए।
‘२ रुपैयाँ’ को निर्देशन असिम शाहले गरेका हुन्। यो फिल्ममा निश्चल बस्नेत, आसिफ शाह, मेनुका प्रधान, बुद्धि तामाङ आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् ।
यसअघि नै कुटुमा कुटु गीतबाट सर्वत्र चासो बनाइसकेको यो गीतले युट्युबमा १ करोड ९२ लाखभन्दा बढी भ्युज पाईसकेको छ।
https://www.youtube.com/watch?v=VwIWfvW3SD8
कलाकार बुद्धि तामाङ र विशेष भूमिकामा देखिएकी अभिनेत्री स्वस्तिमा खड्काको अभिनय दर्शकले रुचाईसकेकाले चलचित्र २ रूपैयाँ प्रतिक्षाको विषय बनेको छ।