अष्ट्रेलिया सरकारले नेपालका बाढीपीडितका लागि करिब १६ करोड रूपैया सहयोग दिने भएको छ।
अस्ट्रेलियाकी विदेशमन्त्री जुलीया विशपले विज्ञप्ति मार्फत सहयोगको घोषणा गरेकी हुन्। अष्ट्रेलियाको विदेश मन्त्रालयको तर्फबाट उनले विज्ञप्ति जारी गर्दै नेपालमा भर्खरै गएको बाढी र पहिरोबाट पीडितहरुका लागि आवश्यक पर्ने सहयोगमा अष्ट्रेलिया सरकार हात बढाउन चाहेको बताइन्।
नेपालमा लाखौ मानिसहरु प्रभावित बनेको यो बाढी पहिरोको राहतका लागि अष्ट्रेलिया सरकार २० लाख डलर सहयोग गर्नेछ। यसमा १० लाख डलर मानवीय सहायताका लागि काम गरिरहेका गैरसरकारी संस्थाहरु मार्फत परिचालन गरिनेछ। अर्को १० लाख डलर विश्व खाद्य कार्यक्रममार्फत खर्च गरिने विज्ञप्तिमा उल्लेख छ।
यो सहायता राशीलाई आपतकालीन बासको व्यवस्था, खाद्यान्न र स्वच्छ पानीका लागि उपयोग गरिने पनि विषयको विज्ञप्तिमा उल्लेख छ।