कतारमा नेपाल आइडलको अन्तिम नतिजा सार्वजनिक हुँदै गर्दा अस्ट्रेलियाले पनि त्यसको तातोले छोएको छ।
नेपालको सर्वाधिक लोकप्रिय रियालीटी शो नेपाल आइडलका प्रमुख तीन प्रतिस्पर्धीहरू अस्ट्रेलीया भ्रमणमा आउने भएका छन्। यस कार्यक्रममा नेपाल आइडल बुद्ध लामा रनर अप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दासलाई नेपाली टच अस्ट्रेलियाले यहाँ ल्याउन लागेको हो।
एभरेष्ट कम्युनिकेशन मुख्य प्रस्तूती रहने सिड्नीको मुख्य कार्यक्रम नोभेम्बरको तेस्रो साता हुनेछ। नेपाल आइडलको अस्ट्रेलियाब्यापी भ्रमण यही आउँदो नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म रहनेछ। नेपाल आइडल अस्ट्रेलिया टुरको तयारी प्रारम्भ भैसकेको नेपाली टच अस्ट्रेलियाका राजकुमार गोस्वामीले बताए।
कार्यक्रम सन् २००० मा ओलीम्पक खेल भएको सिड्नीको ओलम्पीक पार्क, लुना पार्क तथा आइसीसी सिडनीमध्ये एक रहने कार्यक्रमका संयोजक गोस्वामीले जानकारी गराए । ‘हामीले पहिलो प्राथमिकतामा ओलम्पिक पार्कलाई राखेका छौ,त्यो भएन भने मात्र अन्य स्थानमा जानेछौ।’
नेपाली गीत संगितको आकाशमा प्रतिभाहरुको पहिचान गर्ने चर्चित रियालीटी शोको बिजेताहरुको कार्यक्रमलाई भब्य र सब्य रुपमा सम्पन्न गर्न नेपाली टचका दिपेश पुनको संयोजकत्वमा मुल तयारी समिति गठन गरिएको छ।
यस्तै नेपाल आइडलका प्रमुख तीन विजेताहरुको सिड्नी ,ब्रिसबेन र मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ , डार्बिन र क्यानबेरामा समेत कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा प्रस्तोता तथा ब्यवस्थापक शुसील नेपालसमेत अस्ट्रेलिया आउनेछन्।