चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेबसाइट बन्द गरिएको जानकारी दिए।
यो अवधिमा अरु दुई हजार २ सय वेभसाइटका सञ्चालकलाई पनि बोलाएर कुराकानी गरिएको उनले बताए।
इन्टरनेट सेवाको आचारसंहिता उल्लङ्घन गरेको भन्दै झण्डै एक करोड इन्टरनेट एकाउन्ट बन्द गरिएको छ। ती वेभसाइटले आतङ्कवादीलाई सहयोग गरिरहेको तथा अश्लिल दृश्यको प्रयोग गरिरहेकाले हटाइएको बताइएको छ।
‘यो हटाउने कार्य निकै प्रभावशाली र रक्षात्मक कदम हो,’ वाङले भने। हटाइएको सम्वन्धी विवरण आगामी संसदीय बैठकमा पेस गरिने भएको छ।
सो बैठक आगामी बुधबार बस्ने जनाइएको छ।