उत्तर कोरियाली नेता किम जोङ उनले दुई दिने चीन भ्रमण गर्ने भएका छन्। अमेरिकी राष्ट्रपति ड्रोलाल्ड ट्रम्पसँग सिङ्गापुरमा भएको वार्तापछि किम चीनको भ्रमणमा आउन लागेका हुन्।
सिएनएनले किम अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्ताको ब्रिफिङका लागि चीन आउन लागेको हुनसक्ने जनाएको छ।
चीन उत्तर कोरियाको एक मात्र व्यापारिक साझेदार हो। उत्तर कोरियामा शासन सम्हालेपछि ६ वर्षसम्म मुलुक बाहिर कदम नराखेका किमले तीन महिनामा तेस्रो पटक चीनको भ्रमण गर्न लागेका हुन्।
चीनले ट्रम्प र किमबीच भएको भेटघाटको स्वागत गरेको थियो। चीनमा किमले गरेको भेटवार्ताका विषय भने सार्वजनिक भैसकेका छैनन्।