बेइजिङस्थित अमेरिकी राजदूतावास बाहिर एकजना २६ वर्षीय चिनियाँ नागरिकले आज अपराह्न बिस्फोटक पदार्थ पड्काएका छन्।
प्रहरीका अनुसार उक्त विस्फोटबाट उनको हातमा सामान्य चोट लागेको र उनलाई तत्कालै पक्राउ गरिएको छ।
चिनियाँ प्रहरीका अनुसार, सामान्य क्षमताको उक्त विस्फोटबाट अरु कसैलाई पनि क्षति पुगेको छैन। अमेरिकी भिसाका लागि आवेदन दिने व्यक्तिहरू अन्तर्वार्ताका लागि लाम लाग्ने स्थानमा यो बिस्फोट गराइएको छ ।
विस्फोटमा संलग्न व्यक्ति चीनको मंगोलिया क्षेत्रका निवासी हुन्। प्रहरीका अनुसार जियाङ नामका ती व्यक्तिलाई लागेको चोट त्यति गम्भीर किसिमको भने छैन ।
विस्फोट लगत्तै सामाजिक सञ्जालमा राखिएको भिडियोमा राजदूतावासको पर्खाल बाहिर धुँवा देखिएको छ, र त्यहाँ चिनियाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।
बेइजिङ नजिकैको बाहिरी इलाकामा यो घटना भएको छ, र यस क्षेत्रमा संयुक्तराज्य अमेरिका, भारत र इजरायल समेत धेरै मुलुकका दूतावासहरू रहेका छन्। (रासस/एएफपी)