ताइवानले हङकङका जनतालाई आवश्यक सहयोग प्रदान गर्ने जनाएको छ।
बेइजिङबाट प्रस्तावित नयाँ राष्ट्रिय सुरक्षा कानुनको विरुद्ध चिनियाँ सरकारको विरोधमा उत्रिएका हङकङका जनतालाई ताइवानकी राष्ट्रपति साई इङवेनले सोमबार उक्त वाचा गरेकी हुन्।
आइतबार शहरहरुमा राष्ट्रिय सुरक्षा कानुन लगाउने बेइजिङको योजनाको विरोधमा हङकङका नागरिकले जारी कोरोना महामारीको खतराबिच प्रदर्शन गरेका थिए। प्रदर्शकारीमाथि प्रहरीले भने अश्रु ग्यास र पानीका फोहोरा प्रयोग गरेको थियो।
आइतबार अबेरमा साइले आफ्नो फेसबुक पेजबाट प्रस्तावित कानून हङकङको स्वतन्त्रता र न्यायिक स्वतन्त्रताको लागि गम्भीर खतरा भएको तर्क राखिन्। उनले जनताको स्वतन्त्रताको आकाङ्क्षासँग सामना गर्ने तरिका गोली र दमन नभएको धारणा राखेकी छन्।
'बदलिदो अवस्थाको सामना गर्न अन्तर्राष्ट्रिय समुदायले सक्रिय रूपमा हङकङका जनतालाई सहयोग पुर्याउने छ,' साईको फेसबुक पोस्टमा उल्लेख छ।
'ताइवानले यसमा अझ सक्रिय हुँदै पूर्ण जनाउँदै हङकङका मानिसहरूलाई आवश्यक सहयोग प्रदान गर्नेछ' पोस्टमा लेखिएको छ।
हङकङको विरोध प्रदर्शनले ताइवानमा व्यापक सहानुभूति पाइरहेको छ भने साई र उनको प्रशासनले प्रदर्शनकारीहरुको समर्थन गरेका हुनाले ताइपेई र बेइजिङ बीच सम्बन्ध खस्किने देखाएको छ।
चीनले ताइवान चीनसँग छुट्टिनुपर्छ भन्नेहरू हङकङका आन्दोलनकारीहरुसँग मिलेको आरोप लगाएको छ।
चीनले साईलाई ताइवान औपचारिक रुपमा स्वतन्त्रता घोषणा गर्ने 'अलगाववादी' भएको बताउने गरेको छ,
साईले भने ताइवान पहिले नै स्वतन्त्र राष्ट्र भएको बताएकी छिन्।