गत आइतबार कोपन्हेगनमा सम्पन्न भलिवल खेलाडी तथा खेलप्रेमीहरुको भेलाले डेनमार्कका लोकप्रिय खेलाडी जितेन्द्र कार्कीको नेतृत्वमा १३ सदस्सीय भलिबल संघको गठन गरेको छ। संघको उपाध्यक्षमा सुशिला हमाल र कृष्ण केसी तथा महासचिवमा रमेश घिमिरे चयन भएका छन्। त्यस्तै सचिवमा ध्रुब मल्ल र कोषाध्यक्षमा विकास मैनाली चुनिएका छन् भने सदस्यहरुमा ओम राना, बिशाल थापा, बिशाल गुरुङ, प्रकाश श्रेष्ठ, निलम रानाभाट खड्का, निराजन गुरुङ र उमेश न्यौपाने छन्। दुइ जना पछि थप गरि कार्यसमितिलाई १५ सदस्सीय बनाइने उल्लेख छ।
डेनमार्कका नेपालीहरुबीच खेलहरुमध्ये सर्वाधिक लोकप्रिय रहेको भलिवलमा केहि वर्षदेखि पुरुष र महिला खेलाडीहरु उत्तिकै सक्रिय रहेका छन्। हरेक बर्षको ग्रिष्म ऋतुमा प्रवासी नेपाली मंच डेनमार्कले भलिवल खेलको आयोजना गर्दै आएको थियो। नेपाल भलिवल संघ डेनमार्कको गठनले खेलको थप माहोल सिर्जना गरेको भन्दै खेलाडी तथा खेलप्रेमीहरु उत्साहित रहेका बताउँछन शुसिला हमाल। संघलाई विधिवत दर्ता गरी आधिकारिक र बैधानिक स्वरुपमा संचालन गर्न प्रक्रिया अघि बढाउने समेत महासचिव रमेश घिमिरेले सेतोपाटीलाइ बताएका छन।
तस्वीर: जितेन्द्र कार्कीको फेसबुकबाट