एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमानले दोहाबाट कोलकात्ताको नेताजी सुभास चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पानीको ट्यांकरमा ठक्कर दिएको छ।
कतार एयरवेजको क्युआर ५४० नम्बरको विमानले बिहीबार राति १ बजेर ५२ मिनेटमा विमानस्थलमा राखिएको ट्यांकरमा ठक्कर दिएको थियो। विमानस्थलका अधिकारीहरूका अनुसार, दुर्घटनामा विमानको मध्यभागमा क्षति पुगेको छ। विमानमा सवार चालक दलका सदस्यसहित सबै यात्रुलाई सुरक्षितरूपमा उद्धार गरिएको थियो।
अधिकारीहरूले विमानमा भएको क्षतिको अनुसन्धान थालेको बताएका छन्।(रासस/एएनआई)