भारतले स्थानीय रुपमै मासिक १० लाख कोरोना टेस्टिङ किट उत्पादन गर्ने भएको छ।
बाहिरी राष्ट्रबाट आयात गर्न नपर्ने र यो महामारी समय किटको अभाव नपरोस् भन्ने हिसाबले तीव्रताका साथ काम भइरहेको भारतीय मिडियाले जनाएका छन्।
यो बाहेक डाइग्नोस्टिक, चिकित्सा र सूई बनाउन समेत ध्यान दिदैं आएको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
अहिले भारतमा मासिक ६ हजार भेन्टिलेटर उत्पादन हुँदैछ।
शुक्रबारसम्म कोरोनाका बिरामीलाई जाँच्न देशभर १ हजार ९ सु १९ वटा स्थान भएको रिपोर्ट छ।
यसमा ६ सय ७२ वटा कोरोना भाइरस संक्रमणका गम्भीर बिरामी जाँच गर्ने अस्पताल र १,२४७ त्यस्ता अस्पताल छन् जहाँ कोरोनाको लक्षण देखिएमा वा विरामी भएमा उपचारका लागि राखिन्छ।
भारत राज्यभर १ लाख ७३ हजार ७४६ आइसोलेसन बेड छन् भने २१ हजार ८०६ आईसीयू वार्ड छन्।
निकै लामो समयपछि भारतमा बिहिबार चीनबाट पाँच लाख र्यापिड टेस्टिङ किट पुगेको छ।
ती किट अत्यावश्यक जिल्लामा कोरोना संक्रमणको स्तर हेरेर पठाइएको अधिकारीहरु बताउँछन्।