बेलायतलाई उछिन्दै भारत सर्वाधिक कोरोना संक्रमित भएको विश्वको चौथो मुलुक बनेको छ।
वर्ल्डमिटरको बिहीबारको तथ्यांक अनुसार भारतमा संक्रमित संख्या २ लाख ९५ हजार ७ सय ७२ पुगेको छ।
बेलायतमा भने यो संख्या २ लाख ९१ हजार ५ सय ८८ रहेको छ।
हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार भारत मात्र १८ दिनमा विश्वको चौथो धेरै कोरोना संक्रमित भएको मुलुक बनेको हो।
सूचिको पहिलो तीन स्थानमा क्रमशः अमेरिका, ब्राजिल र रसिया रहेको छ।
शुक्रबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण हालसम्म त्यहाँ ८ हजार ४ सय ९८ ज्यान गइसकेको छ। यसैगरी मन्त्रालयले त्यहाँ संक्रमित संख्या २ लाख ९७ हजार ५ सय ३८ पुगेको छ।
मे २४ मा भारत विश्वको सर्वाधिक कोरोना प्रभावित १० औं मुलुकको बनेको थियो। त्यसयता भारतमा संक्रमित संख्या निरन्तर बढिरहेको छ। जुन २ यता भारतमा दैनिक १० हजारको करिब संक्रमित फेला परिरहेका छन्।
भारतमा चार महिना अगाडि जनवरी ३० मा पहिलो कोरोना संक्रमित फेला परेका थिए।