भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चाँडै गोरखपूरबाट काठमाडौं र मुम्बइमा हवाइ सेवा सुरू हुने बताएका छन्।
गोरखपुर विमानस्थलको नवनिर्मित टर्मिनलको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री आदित्यनाथले हवाइ सेवामा क्षेत्रीय सम्पर्कको महत्व रहेको बताउँदै उनले चाँडै गोरखपुरबाट मुम्बइ र काठमाडौंसम्म हवाइसेवा सुरु हुने बताएका हुन्।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सस्तो हवाइ सेवाका लागि प्रतिबद्धता गरेको स्मरण गराउँदै भने, 'उहाँको सपना भनेको गरिब जनताले पनि विमानमा उड्न सकून् भन्ने हो।'
उनले चाँडै नै गोरखपुरबाट वाराणसी, इलाहाबाद, कानपुर, झांसी, फैजाबाद र बरेली जस्ता शहरमा पनि हवाई सेवा सुरू गर्ने प्राथमिकता रहेको बताए।