भारतका योग गुरु बाबा रामदेवविरूद्ध पक्राउ पूर्जी जारी भएको छ। हरियाणाको एक अदालतले बाबा रामदेवविरूद्ध गैर जमानती पक्राउ पूर्जी जारी गरेको हो।
गत वर्ष 'भारत माताकी जय' नारा लगाउन नमान्नेहरूको विरोधमा रामदेवले गरेको एक टिप्पणीको विषयलाई लिएर पूर्जी जारी गरिएको हो।
यो मुद्दाको आगामी सुनुवाई अगस्ट ३ तारिखका लागि तोकिएको छ। गत मे १२ मा अदालतले उनीविरूद्ध जमानती पक्राउ पूर्जी जारी गरेको थियो। तर, उनी अदालती कामका लागि हाेजिर नभएपछि पुनः गैर जमानती पक्राउ पूर्जी जारी गरिएको अदालतको भनाइ छ।