भारतको श्रीनगर क्षेत्रमा रहेको एक मस्जिद बाहिर गस्तीमा रहेका एक प्रहरी अधिकारीलाई आक्रोशित भीडले कुटेर हत्या गरेको छ। भीडले डिएसपी मोहम्मद अयूब पण्डितलाई निर्वस्त्र पारेर हत्या गरेको भारतीय समाचारमाध्यमले जनाएका छन्।
भारतीय समाचारमाध्यमका अनुसार डिएसपी पण्डितले आफ्नो ज्यान बचाउन गोली समेत चलाएका थिए। भीड नियन्त्रण गर्न त्यहाँ उपस्थित सुरक्षाकर्मीले लाठी चार्ज पनि गरेका थिए। यति हुँदाहुँदै डिएसपी पण्डितलाई बचाउन सकिएन। प्रहरीले यसमा मामिलका दुई आरोपीलाई पक्राउ गरेको छ।
त्यहाँ यसअघि केही समययतादेखि जारी रहेको हिंसाबीच शुक्रबार भएको यस घटनाले थप तनाव बढाएको छ ।
यहा सुरक्षाबल र सर्वसाधारणबीच नै झडप सुरु भएको छ ।
प्रहरीद्वारा जारी विज्ञप्तिमा राज्य प्रहरी सञ्जालका डिएसपी पण्डितको उत्तेजित भिडको आक्रमणको कारण हत्या भएको छ । आफ्नो कर्तव्य पालनाकै क्रममा उनको मृत्यु भएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
सन् १९४७ मा बेलायतको उपनिवेशबाट मुक्त भएपछि विभाजन भएका भारत पाकिस्तान दुबैले काश्मिर क्षेत्रलाई आफ्नो भूभागका रुपमा दावी गर्दै आएका छन् ।