भारतको दक्षिणी राज्य उडिशामा चट्याङ परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ। सम्बन्धीत अधिकारीहरूले दिएको जानकारी अनुसार उडिशाको प्रान्तीय राजधानी भुवनेश्वरबाट उत्तरपूर्वमा पर्ने भादराक, बालेश्वर र केन्द्रापारा जिल्लामा चट्याङ परेको हो। छुट्टाछुट्टै परेको चट्याङमा परी ती ११ जनाको मृत्यु भएको हो ।
पानी परिरहेका बेला पनि धान खेतमै काम गरिरहेका कारण चट्याङ लागी उनीहरूको मृत्यु भएको हो।
भारतको राष्ट्रिय दैवी प्रकोप विभागका अनुसार सन् २००५ यताको तथ्याङ्कमा भारतमा प्रत्येक वर्ष करिब दुई हजार व्यक्तिको मृत्यु चट्याङकै कारणले हुने गरेको देखाएको छ । रासस/सिन्ह्वा