भारतको कर्नाटक राज्यमा कंग्रेस उपाध्यक्ष राहुल गान्धीले ‘इन्दिरा क्यान्टिन’ सुरु गरेका छन्। भोजनालयमा ४० रुपैयाँमा बिहान बेलुकाको खाना पाइनेछ।
राहुलले बैंगलरुको जयानगरमा ‘इन्दिरा क्यान्टिन’ उद्घाटन गर्दै भनेका छन्, ‘नाश्ता र बिहान–बेलुकाको खानाका लागि २५ रुपैयाँ (भारु) खर्च हुनेछ। हाम्रो १९८ वटा क्यान्टिन खोल्ने योजना छ। पहिलो चरणमा भने १०१ वटा खुल्नेछन्।’
अर्को वर्ष कर्नाटकमा हुने विधानसभाको चुनावका लागि त्यहाँ पार्टीहरुको तयारी तीव्र छ। भारतीय समाचारमाध्यमले जनाएअनुसार यो भोजनालयको विचार कंग्रेस पार्टीले नै दिएको राहुलले बताएका छन्।
भोजनालयका कारण अब सबैलाई खाना मिल्ने बताउँदै उनले भने, ‘अब कोही भोको रहँदैन। यो क्यान्टिनमा ५ रुपैयाँमा नाश्ता र १० रुपैयाँमा एक छाक खाना पाइनेछ।’