विश्वकै सबैभन्दा वृद्ध महिलाको १ सय १७ वर्षको उमेरमा निधन भएको छ। जापानी नागरिक रहेकी नाबी ताजिमाको दक्षिणी जापानको किकाइमा आज निधन भएको हो।
ताजिमा गत जनवरी महिनादेखि अस्पतालमा भर्ना भएकी थिइन्। उनी सन् १९०० अगस्ट ४ का दिन जन्मेकी हुन्। हालसम्म उनको छोराछोरी नातिनातिना तथा पनाति गरी कूल पाँच वंश जीवित रहेका छन्।
गिनिज बुकले भने चार महिनाअघि १ सय १२ वर्षीय मासाजो नोनाकालाई विश्वकै वृद्ध मानिस भएको प्रमाण–पत्र दिएको थियो। यससँगै सन् १९०० भन्दा अघि तथा त्यसको सुरूवाती दशकमा जन्मेका कोही पनि मानिस पृथ्वीमा जीवित छैनन्।