जापानको अध्यागमन विभागले प्रवेश अनुमति नदिएपछि कांग्रेस नेता प्रदीप पौडेल स्वदेश फर्कन बाध्य भएका छन् ।
शुक्रबार साँझ जापान पुगेका पौडेललाई अध्यागमन विभागले प्रवेश अनुमति नै दिएन।
नेपाली जनसम्पर्क समिति जापानको तय भएको कार्यक्रमलाई सम्बोधन र प्रशिक्षण गर्नका लागि नेपाली कांग्रेस केन्द्रीत सदस्य प्रदीप पौडेललाई जनसम्पर्क समिति जापानका पूर्व सदस्य ऋतेन्द्र गिरीको पोखरा कम्पनी लिमिटेडले स्पोन्सर गरेको थियो ।
जापानको कुनै पनि राजनीतिक कार्यक्रममा निमन्त्रणा गर्दा कुनै न कुनै ब्यक्ति वा कम्पनीले आउने ब्यक्तिहरुको भिसाको लागि स्पोन्सर गर्नुपर्ने प्रावधान छ।
जापान आउने क्रममा हानेदा एयरपोर्टमा नेता प्रदीप पौडेललाई सोधपुछको लागि रोकिएको थियो ।
सभापति डिपी कडेँलको नेतुत्वमा नेपाली दूतावाससँग सम्पर्क गर्दै दूतावासलाई बोलाई ग्यारेन्टी पत्र सहित जापान अध्यागमन समक्ष पेश हुदाँ पनि अध्यागमन विभागले प्रवेश अनुमति प्रदान नगरेको जनसम्पर्क समिति जापानका रमेश डंगोलले बताए।
जापानिज कानून अनुसार आवश्यक परेको खण्डमा स्पोन्सर ब्यक्ति अध्यागमन उपस्थित भई रिसिभ गर्नुपर्छ। पौडेललाई भम्रणको तालिका र बसाईको सामान्य सोधपुछ पछि स्पोन्सर दिने ब्यक्तिलाई बोलाएको र उक्त समयमा स्पोन्सर दिने ब्यक्ति नेपालमा भएको हुदाँ स्पोन्सर गर्ने ब्यक्ति उपस्थित हुन नसकेकोमा कारण देखाई प्रवेश अनुमति दिइएको थियो।
उक्त अवधि भर नेपाली दूतावास जापान सरकारका अन्य सरकारी निकाय र ब्यक्तिहरूको ग्यारेण्टी दिँदा पनि ईमिग्रेसन ईन्कार गरेको अवस्था रहेको कडेँलले बताए । उक्त दिन साँझ हङकङ हुँदै प्रदिप पौडेल स्वदेश फिर्ता भएका हुन् ।