कोरियामा युवा बेरोजगार संख्या ५ वर्ष यताकै उच्च रहेको छ। सरकारले गत महिना ५ हजार नयाँ रोजगारी सिर्जना गरेको भए पनि बेरोजगारीको संख्यामा कमि आउन सकेको छैन।
सरकारले हरेक महिना नयाँ रोजगारीको अवसर खोल्ने गर्छ। यस पटक जुन जुलाईमा खोलिएको नयाँ रोजगारी अवसर सन् २०१० यताकै सबैभन्दा न्यून रहेको प्रकाशित तथ्यांकले देखाएको छ।
प्रकाशित तथ्यांक अनुसार १५ वर्षदेखि २९ वर्ष सम्मका १० लाख भन्दा धेरै युवा बेरोजगार छन्। जुन संख्या उच्च शिक्षा हासिल गरि श्रम बाजारमा प्रवेश गर्ने युवाको ९.३ प्रतिशत हो।
सन् २००८ भएको विश्व आर्थिक मन्दीका कारण सन् २०१० मा रोजगारी संख्या निकै न्यून थियो। बिगत ७ वर्षदेखि केही सुधारोन्मुख देखिएको बेरोजगारी संख्या सन् २०१८मा आउँदा पुनः बढ्दो स्थितिमा छ।