आप्रवासी नेपालीहरूको पुरानो छाता संस्था नेपाली सम्पर्क समितिले आफ्नो २५औँ रजत जयन्ती भव्य रूपले मनाउने भएको छ। दक्षिण कोरियामा रहेका नेपालीहरूको साझा तथा सबैभन्दा पुरानो संस्थाको रूपमा रहेको यस संस्थाले आउँदो सेप्टेम्बर २६ तारिखको दिन जोगेसा हलमा सम्पूर्ण कोरियामा रहने नेपालीलाई आमन्त्रण गरेको हो ।
संस्था स्थापनाको २५औँ वर्ष पुगेको अवसरमा स्मारिकासमेत प्रकाशन गर्न लागेको अध्यक्ष अन्जु केसीले बताइन्। साथै, रजत जयन्तीको अवसरमा स्थापनाकालदेखि विभिन्न कालखण्डमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने व्यक्ति र संघ-संस्थालाई सम्मान गर्ने पनि उनलेले बताएकी छिन्।
अध्यक्ष केसीका अनुसार स्मारिका प्रकाशन समितीले सम्पूर्ण तयारी अगाडि बढाईसकेको जानकारी दिँदै सबै कोरियावासी नेपालीहरूलाई सहयोग गर्न अपिलसमेत गरेकी छिन्।