कोरियामा कार्यरत एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ। करिब २ वर्ष पहिला कोरिया आएका दोलखा गौरीशंकर गाउँपालिका ९ घर भई हाल हाल दक्षिण कोरियाको जिन्जुमा कार्यरत आङकामि शेर्पाको शुक्रबार बिहान मृत्यु भएको दोलखाली समाज कोरियाका अध्यक्ष सरोज केसीले जनाएका छन्।
करिब १ महिना पहिला हृदयघात भइ अस्पतालमा उपचाररत उनको शुक्रबार बिहान अस्पतालले मृत घोषणा गरेको अध्यक्ष केसीले बताए। मृतक शेर्पा इपिएस भन्दा अलग तरिकाले कोरिया प्रवेश गरि अवैधानिक रुपले काम गर्दै आइरहेको बुझिएको छ।
उपचारका लागि निकै कोशिश गरिएता पनि उपचार असफल रहेकोमा कोरियामा रहेका नेपालीहरू दुःखित भएको पनि उनले बताएका छन्।
शेर्पाको शव नेपाल पठाउन र अस्पतालमा उपचारका क्रममा लागेको खर्च तिर्न आर्थिक रकम अभाव भएको भन्दै केसीले सामाजिक सञ्जाल मार्फत कोरियामा रहेका नेपालीलाई सहयोग गरिदिनु अनुरोध गरेका छन्।