नविन प्रविधिको विकास र बिस्तारमा समकालीन विश्वमा निकै अगाडि रहेको दक्षिण कोरियाले विश्वमै पहिलो पटक फाईब जी द्रूत सञ्चार सेवा विकसित गरेको छ।
पाँचौं पुस्ताको मोबाइल नेटवर्क, तीव्र गतिको यस प्रविधिले दक्षिण कोरियाको बिकासमा अभूतपूर्व फड्को मार्ने विश्वास लिइएको छ।
फोर जी भन्दा २० औं गुणा तिब्र गतिको यस प्रविधिलाई उपयोग गर्दै सन् २०२६ सम्म ६ लाख नयाँ रोजगारी सिर्जना गर्ने दक्षिण कोरिया सरकारको तयारि छ।
विज्ञान तथा प्रबिधि मन्त्रालयका अनुसार सरकारले निर्यातमा आधारित १० वटा फाइब जी प्रविधिका कम्पनी तथा ५ वटा सेवाका क्षेत्रका लागि ७३ बिलियन अमेरिकी डलर लगानी गर्ने तयारि गरेको छ।
यसरि लगानी गर्ने तयारीमा रहेका कम्पनिमा बिशेष गरि अर्को पुस्ताका स्मार्ट फोन, नेटवर्क उपकरण, सूचना, सुरक्षा, विस्तविकता सम्बन्धि उपकरणहरू, ड्रोनहरू, रोबोटहरू, क्लोज सर्किट टेलिभिजन र अन्य बौद्विक यन्त्रहरू समावेश छन्।
त्यस्तै सरकारले सन् २०२५ सम्म स्मार्ट कारखानाहरू, स्वचालित ड्राइभिङ्ग, स्मार्ट शहरहरू र डिजिटल स्वास्थ्य हेरचाहलाई पाँच प्रमुख सेवाको रूपमा विस्तार गर्ने बताएको छ।
डिजिटल स्वास्थ्य सेवामा, २०२१ सम्म फाइब जी-आधारित आपतकालीन उपचार प्रणाली विकास गर्नेछ भने सन् २०२५ सम्म देशका २० प्रतिशत आपातकालीन केन्द्रहरूमा सो सेवा उपलब्ध हुनेछन्।
सरकारले ५ हजार नेटवर्कमा आधारित यी औद्योगिक सेवाहरू र तथा प्रबिधि क्षेत्रहरूको लागि ६ लाख नयाँ रोजगारी सिर्जना हुने बताएको छ।
१ मिलि सेकेन्डमा सयौं डाटा ट्रान्सफर गर्न सकिने फाइब जी प्रविधिलाई चौथो औद्योगिक क्रान्तिको निमित्त आधार टेक्नोलोजीको रुपमा लिइएको छ। सन् २०२६ सम्म विश्व बजारमा फाइब जी सम्बन्धि कारोवार १ हजार १ सय ६१ ट्रीलियन कोरियन वोनले वृद्धि हुने अपेक्षा गरिएको छ।