मुटुको शल्यक्रियाका कारण गम्भीर अवस्थामा रहेको आशंका गरिएका उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य तथा उनी कहाँ छन् भन्ने बारेमा उत्तर कोरियाली संचारमाध्यम मौन देखिएको छ।
त्यहाँको राज्य नियन्त्रित संचारमाध्यमले आफ्ना नेताको नयाँ सार्वजनिक उपस्थितिका बारेमा बुधबार कुनै पनि समाचार प्रकाशित गरेको छैन।
उत्तर कोरियाको आधिकारिक समाचार संस्था केसिएनए तथा सत्तासिन पार्टीको अखबारले बुधबार प्रकाशित गरेको समाचारमा किम कहाँ छन् भन्ने बारेमा कुने जानकारी दिएको छैन। अखबारले देशका केही विशिष्ट नागरिकहरूलाई जन्मदिनको उपहार पठाएकोमात्र उल्लेख गरेको छ।
गत हप्ता आफ्ना हजुरबुबा तथा उत्तर कोरियाका संस्थापक किम इल सुङ को जन्मदिनको वार्षिकोत्सव समारोहमा किम उपस्थित नभएपछि उनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कल काटिदैं आइएको छ।
दक्षिण कोरियाली तथा चिनियाँ अधिकारी तथा अमेरिकी जासुसी सुत्रहरूले भने मुटुको शल्यक्रिया गरिएको भनिएका किमको अवस्था गम्भीर रहेको भन्ने कुरामा आशंका व्यक्त गरेका छन्।
ह्वाइट हाउसले यसलाई नजिकबाट निगरानी गरिरहेको बताएको छ।