दक्षिण कोरियाको गेओन्गी प्रान्तमा निर्माणाधिन साइटमा रहेको एउटा गोदामघरमा आगलागी हुँदा कम्तीमा ३८ व्यक्तिको मृत्यु भएको छ।
स्थानीय समयानुसार मङ्गलबार राति १:३२ सो आगलागी सुरु भएको थियो।
राजधानी सोलबाट करिब ८० किलोमिटर दक्षिणपूर्वमा अवस्थित निर्माण साइटमा रहेको गोदामको बेसमेन्ट फ्लोरबाट सो आगलागी सुरु भएको बताइएको छ।
आगलागी सुरु भएको सो समयमा कम्पनीका ७८ जना कामदार भवनभित्र काम गरिरहेका थिए।
यस आगलागीमा परी ३८ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। अन्य १० जना घाइते भएका छन् जसमा ८ जनाको अवस्था गम्भीर रहेको न्यू योर्क टाइम्सले जनाएको छ।
अग्नि नियन्त्रण विभागका अधिकारीहरुलाई उद्धृत गर्दै निर्माणको क्रममा युरेथनको प्रयोगको क्रममा एउटा अप्रत्याशित विस्फोट भई सो आगलागी भएको जानकारी दिएको छ।