मलेसियाको विभिन्न जेलमा रहेका तीन जना नेपालीलाई नयाँ शक्ति पार्टीको विदेश विभाग अन्तर्गत अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाले उद्दार गरेको छ।
अवैधानिक रूपमा बसेका बेला मलेसियाको अध्यागमनले सुर्खेत भेरीगंगा नगरपालिका १३ का रमेशकुमार थापा, बाँकेको वैजनाथ गाउँपालिका २ का जयप्रसाद शर्मा र पाचँथरका मदनकुमार सार्कीको उद्दार गरिएको हो ।
आर्थिक अवस्था कम भएका उनीहरुलाई नेपाल फर्काउने टिकट समेत नभएपछि समाजले हवाई भाडा आफैं हालेर नेपाल पठाउने जनाएको छ।