मलेसियामा सवारी दुर्घटनामा परी अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नम्बर ७, साविक नुवाकोटको घोराखोरीका एक युवाको मृत्यु भएको छ।
भूमिकास्थान नुवाकोट घोराखोरी निवासी गुन बहादुर रोकाका २६ वर्षीय छोरा मदन रोकाको आफूले काम गर्ने सेरी उलुलाङत पाल्म ओल्ड मिल कम्पनीको गाडीले ठक्कर दिँदा घटनास्थानमै मृत्यु भएको हो।
मदनको शव नेपाल ल्याइएको छ । मदन ४ वर्षदेखि वैदशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत थिए।
अविवाहित मदन दशैं मनाउन नेपाल आउने तयारीमा थिए। उता मलेसियास्थित नेपाली राजदूतावासले कम्पनीबाट पाउने क्षतिपूर्तिका लागि पहल गर्ने बताएको छ।