नेपाल पर्यटन वर्ष २०२० मनाउनका लागि एनआरएनए मलेसियाले त्यहाँस्थित नेपाली दुतावाससँग मिलेर काम गर्ने भएको छ ।
एनआरएनए मलेसियाको नयाँ नेतृुत्व चयन भएसँगै मलेसियास्थित नेपाली राजदुत उदयराज पाण्डेसँगको भेटमा मलेसिया एनआरएनएले नेपाल पर्यटन वर्ष २०२० मनाउनका लागि हातेमालो गरेर अघि बढने प्रस्ताव राखेको हो ।
'हामीले राजदुतसँगको भेटमा नेपालको पर्यटनका लागि प्रचार गर्न मलेसियाबाट के-के गर्नुपर्ने त्यहाँ राखेका छौं,' एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराइले भने ।
एनआरएनए मलेसियाले मलेसियाको पर्यटन हबहरुमा नेपाल सम्बन्धि जानकारी राख्ने र मलेसियनहरुलाई घुम्नका लागि अभिप्रेरित गर्ने कार्यक्रम दुतावाससँग मिलेर ल्याउने भट्टराईले बताए।
त्यसका साथै एनआरएनए मलेसियाले दशैंका लागि घर आउन लागेका नेपाली कामदारहरुले टिकट नपाएको भन्दै राजदुत पाण्डेको ध्यानाकर्षण गराएका थिए। अहिले मलेसियाबाट नेपाल आउन टिकट अभाव छ ।
टिकटकै मुल्य ५० हजारभन्दा बढी नाघेपछि सहजीकरण गर्न एनआरएनए मलेसियाले दुतावासको ध्यानाकर्षण गराएको छ ।