मलेसियामा गैर आवासीय नेपाली संघ मलेसियाको आगामी अगष्ट २७ तारिखमा हुने महाधिवेशनका लागि उम्मेद्वारी दर्ता भएको छ। सदस्य संख्या १ हजार १ सय ९५ रहेको एनआरएन मलेसियामा अहिले चुनावी माहोल तातेको छ। निर्वाचन समितिका अनुसार अध्यक्षमा खगेन्द्र न्यौपाने र रमेश प्रसाद तिवारीले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, आइसिसि सदस्यमा एनसीसी मलेसियाका अध्यक्ष विश्वबिक्रम राई, एनसीसी मलेसियाकै पुर्व अध्यक्ष महेन्द्रजंग शाह र हरी प्रसाद भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरि उपाध्यक्षमा सुभद्रा कुमारी लिम्बु, टेकबहादुर टमोटा र श्यामकला तिवारीले उम्मेदवारी दिएका छन्। यस्तै, महासचिव, सचिव, कोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा एक एक जनाको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका छन्। महासचिवमा बर्तमान महासचिव लालबहादुर आले(सुन्दर), सचिवमा रञ्जित कुमार क्षेत्री, कोषाध्यक्षमा मिमलाल शर्मा(राजु), महिला संयोजकमा सुकमाया थापा(शान्ति) र युवा संयोजकमा ज्ञानेन्द्रबहादुर सिंह निर्विरोध भएका हुन्।
यसैगरि १३ जना सदस्यका लागि २२ जनाको उम्मेदवारी परेको छ। सदस्यहरुमा रामचन्द्र नेपाल, हरीप्रसाद कोईराला, नन्दबहादुर क्षेत्री, अस्मिता सुवेदी, गणेश अधिकारी, बत्तम बहादुर, बलबहादुर राई, दिल कुमार केरुङ, सुवाश चन्द्र पौडेल, ईन्द्रनारायण लिम्बु, रामहरी सापकोटा, हेमराज सापकोटा, राजेन्द्रकुमार श्रेष्ठ, राजु ढुंगाना, डम्बर बहादुर रोकाया, श्रद्धा देवान र बिरेन्द्रकुमार नेगीले उम्मेदवारी दिएका छन्। हाल अन्तर्रा्ष्ट्रिय समन्वय समितीका सदस्य रहेका न्यौपाने र एनसिसि मलेसियाका उपाध्यक्ष तिवारीले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
न्यौपाने करिब १२ वर्षदेखि मलेसियामा व्यवसाय गर्दै आएका छन्। मलेसियामा कानुनी, सामाजिक, आर्थिक, राजनीतिक लगायतका झमेलामा परेर पीडामा परेका नेपालीहरुलाई आफूले सहयोग गर्दै आएको उनी बताउँछन्। आगामी दिनमा अझ सक्रियताका साथ नेपाली समुदायको हितमा काम गर्न उम्मेदवारी दिएको न्यौपानेले बताए।
उनले युरोप, जापान, अष्ट्रेलिया, अमेरिकालगायत देशका एनआरएनले गरेको कामजस्तै गरेर मलेसियाको एनआरएनलाई शिखरमा पु¥याउने बताए। उनले आफु एनआरएनमा लिनका लागि नभइ केहि दिनका लागि आएकोले सबैलाई सहयोग गर्न समेत आग्रह गरे।
यता, अध्यक्षका अर्का प्रत्यासी रमेश तिवारीले आफु उपाध्यक्ष भएर काम गरेको अनुभवका आधारमा अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन्। आफुले नेपाली कामदारकै हक हितका लागि उम्मेदवारी दिएको बताए।
उम्मेदवारी घोषणा सँगै दुवै अध्यक्षका उम्मेदवारहरु चुनाव आफ्नो पक्षमा पार्नका लागि सक्रिय भएर लागेका छन्।