आफ्नो देश हात्तीको सङ्ख्या झण्डै २४ हजार पुगेको नामिबियाका राष्ट्रपतिले बताएका छन् ।
सन् १९९५ मा सात हजार पाँच सय रहेको हात्तीको सङ्ख्या बढेर अहिले २४ हजार पुगेको राष्ट्रपति हग गेइङगोबले जानकारी दिएका हुन् ।
बोत्स्वानामा भएको हात्तीसम्बन्धी सम्मेलनमा उनले मान्छे र हात्तीका बीचमा कतिपय बेला समस्या आउने गरेको पनि बताए ।
उनले आफ्नो देशमा हात्तीको संरक्षण, व्यवस्थापन र योजनाका लागि सहयोग गर्न पनि अन्य देशहरूलाई आग्रह गरेका छन् ।
हात्तीले गर्ने क्षति न्यूनीकरण गर्नका लागि नामिबियाले निरन्तर प्रयास गरिरहेको राष्ट्रपति गेइङगोबले जानकारी दिए ।