ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ।
स्थानीय प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु एक जना गम्भीर घाइते भएका छन्।
स्थानीय समय अनुसार अपराह्न ४ बजे सात जना बन्दुकधारी बेलेम सहरको गुआमामा रहेको एक बारमा प्रवेश गरी गोली चलाएका थिए।
हत्या भएकाहरूमा छ जना महिला र पाँच पुरुष छन्। प्रहरीले एक जना शंकास्पद बन्दुकधारीलाई पक्राउ गरेको छ।
गोली चलाउने अरु भने फरार छन्।घाइतेलाई प्रहरीले उद्धार गरी अस्पताल भर्ना गरेको छ।
गोली चलाउनुको कारण भने अझै खुलेको छैन। प्रहरीले उक्त घटनाको छानबिन थालेको जनाएको छ। (रासस/एएनआई)