इरानले बेलायती तेल ट्यांकर गल्फ क्षेत्रबाट नियन्त्रणमा लिएको छ।
बेलायती विदेशमन्त्री जेरेमी हंटले यदि इरानले तेल ट्यांकर नछोडे यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
स्टेना इम्पेरो नामक तेल ट्यांकरका मालिकले जहाजमा सम्पर्क हुन नसकिरहेको र जहाज इरानतर्फ बढिरहेको बताएका छन्। जहाजमा २३ जना सवार थिए।
इरानी मिडिया अनुसार तेल ट्यांकर स्टेना इम्पेरोलाई इरानको रिवोल्यूसनरी गार्डले कब्जा गरेको हो।
इरानी समाचार संस्था तसनीमको रिपोर्ट अनुसार इरानी बन्दरगाह र समुन्द्र मामिला हेर्ने संस्थाले भन्यो, ‘हामीलाई ब्रिटेनी तेल ट्यांकरले केही समस्या निम्त्याएको जस्तो लाग्यो त्यसैले जाँच गर्नको लागि हामीले नियन्त्रणमा लिएका हौं।’
अमेरिका, बेलायत र इरानबीच तनाव बढिरहेकैबेला यो घटना हुन पुगेको छ। यही महिनामै बेलायतले पनि युरोपियन नियम तोडेको भनेर इरानी तेल ट्यांकरलाई नियन्त्रणमा लिएको थियो।
यही बदलामा इरानले बेलायती तेल ट्यांकर जफत गरेको बुझिएको छ।