नेपाली कामदारको प्रमुख गन्तव्य कतारले विदेशी कामदारको न्युनतम तलब ७५० रियाल तोकेको छ। यो कामदारको अपेक्षा भन्दा निकै कम हो। करिब ४ लाख नेपाली कामदार रहेको कतारमा महङ्गीले नेपाली आप्रवासी कामदार मारमा परेका बेला अस्थायी रुपमा ७५० रियाल तोक्दा नेपाली कामदार दोहोरो मारमा परेका छन्।
गत बिहिवार कतारका प्रशासिनक विकास, श्रम तथा समाजिक मामिला मन्त्रीले अस्थाई तलब तोकिएको जानकारी गराएका थिए। कामदारको बसोबास ,खाना र स्वस्थ्य उपचार कम्पनीको दायित्व भित्र पर्ने भनिएको छ। कतारमा कर्यरत नेपाली कामदार यो निर्णयबाट निराश भएका छ्न्।
लामो समयदेखि कार्यरत एक नेपाली कामदार भन्छन्, ‘हाम्रो तलब बढनु पर्नेमा झन घटेको सुन्दा निराश छु र यो आफैंमा लाजस्पद छ,’ कामदारको भनाइ छ।
नेपाल सरकार वैदेशिक रोजगार विभागले न्यूनतम तलब ९ सय रियाल र खाना खर्च ३ सय रियाल गरि १२ सय मा पठाउने गरेको भए पनि यहाँ कम्पनीले अर्को करार पत्र अनुसार ६ सय देखि ८ सय रियाल मात्र दिने गरेको बताउँछ।
केही साताअघि कतारले अन्तर्राष्ट्रिय श्रम संगठ्न (आइएलओ) को बैठकमा कामदारको न्युनतम तलब तोकने प्रतिबद्धता जनाएका थिए। आइएलओले कामदारको अधारभुत अधिकारलाई कतारले लागू गर्ने भए पछि कतार विरुद्धको मुद्धा बन्द गरिएको सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो। तर हाल को लागि अस्थायी न्युनतम ७ सय ५० रियाल कायम गर्दा न्युनतम ६ सय रियाल तलब दिने कम्पनीको हकमा १ सय ५० रियाल तलब वृद्धि गर्नु दबाब पर्छ।
लामो समयदेखि एक कम्पनीमा कार्यरत नेपाली कामदारका अनुसार ७ सय ५० न्युनतम तलब कायम गर्दा अब कम्पनीले १५० रियाल थप गर्ला कि भन्ने आसा पलाएको बताउँछन्। ‘कार्यान्वयन गर्ने त कतार सरकारको काम हो। हामीलाई कम्पनीले दिने न्युनतम तलव ६ सय नै हो,’ उनले भने।
१ हजार देखि १२ सय रियाल न्युनतम तलब हुनुपर्दथ्यो भन्ने अपेक्षा गरेका नेपाली कामदार भने निराश भएका छन्। बजारमा समानको भाउ वृद्धि भए पनि कामदारको हकमा भने यो निर्णयले कामदारको हित भन्दा कम्पनीलाई फाईदा हुने कामदारहरुको भनाइ छ ।
अस्थायी न्युनतम तलब तोके लगतै नेपाली कामदारमा अन्योलता देखिन्छ,भने निर्णय कार्यनव्यनमा चुनौती पनि उतिकै छ।