गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गर्ने भएको छ ।
परिषदको गत पाँचौ कार्यसमितिको बैठकको अनुसार संस्थाको सुरक्षा तथा जनचेतना अभिवृद्धि समितिको सक्रियतामा आगामी २७ जुलाई २०१८ शुक्रबार निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गर्ने संस्थाका महासचिव बुधबल गुरूङले जनाकारी दिए।
उक्त शिविरमा ब्लड पेसर, मधुमेह, BMI (Body Mass Index) दाँत सम्बन्धि चेक जाँचका साथै विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परीक्षण तथा परामर्श लिन सकिन्छ।
कतारमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनीलाई उपस्थिति भई आफ्नो स्वास्थ्य परिक्षण गरि लाभ लिन हुन संस्थाले आग्रह गरेको छ।
उक्त दिनमा चेकअप पश्चात उपचार गर्नु परेको खण्डमा २० देखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था समेत गरेको छ।
सम्पर्कको लागि युवराज शर्मा ५५०६९९८६ ,बिनोद बसौला ७७५५९८५२, रूद्र प्रसाद शर्मा ३०४८६१५०, कुमार के .सी ५५८०३९६७,नरेश प्रसाद जैसी ७७९६१३५४ लाई सम्पर्क गर्न संस्थाले आग्रह गरेको छ।