लगभग ४५ लाख रुपैयाँ ब्लडमनी तिरेर नवलपरासीका थानेश्वर भुसाल साउदी जेलबाट मुक्त भएका छन् ।
जेल परेको ५ वर्षपछि भुसाल छुटेका हुन् । वैदेशिक रोजगारीका लागि २०६८ साल असोज ६ गते साउदी अरव गएका उनी २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए।
उनले चलाएको सवारी साधनको ठक्करबाट २ जनाको मृत्यु भएको थियो। दुर्घटना भएको झण्डै एक वर्षपछि नेपाल आउन लाग्दा उनी पक्राउ परेका थिए।
उनलाई छुटाउन विभिन्न देशमा रहेका नेपाली, एनआरएन लगायतका सामाजिक संघसंस्थाले सहयोग गरेका थिए। ४५ लाख रुपैयाँ ब्लडमनी जुटाउन नेपाली संघसंस्थाहरुले निकै भुमिका खेलेका थिए।
जेल मुक्त भएपछि भुसाल एक दुइदिन भित्रै स्वदेश फर्कने तयारीमा जुटेका छन्।