मुस्लिम धर्म अनुसारको सरिया कानून लागु भएको साउदी अरेबियामा नाइटो देखिने टिसर्ट र छोटो फ्रक लगाएर हिँडेकी साउदी युवतीलाई प्रहरीले पक्राउ गरेको छ। पुरै कपडाले शरीर छोपेर हिँड्नुपर्ने बुर्का बाध्य साउदी समाजमा यी युवतीले जानी जानी महिलाहरुको स्वतन्त्रताको पक्षमा विद्रोह गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
यसरी शरीरको अँग देखाएर कपडा लगाउनु साउदी नियम अनुसार अपराध हो। अब उनलाई जेलसजाय, कोर्रा के हुन्छ? स्थानीय धार्मिक प्रहरीको हातमा निर्णय गर्ने अधिकार रहेको छ। राजधानी रियाद भन्दा दुईसय किलोमिटर पूर्वी उत्तर आक्सिर शहरमा ती महिला ऐतिहासिक नगरमा घुमेर आफ्नी साथीलाई लाइभ भिडियो देखाएकी थिइन्।