मुस्लिम धर्मावलम्बीको महान पर्व 'रमजान' को अवसरमा नेपाली समुदाय युएईले विभिन्न स्थानमा खाद्यान्न वितरण गरेको छ।
बिगतमा झैं यस वर्ष पनि मानवीय कार्य स्वरूप नेपालीको सहयोगी भावना, आदर र सम्मान देखाउँदै खाद्य सामाग्री वितरण गरेका हुन्।
करिब एक महिनासम्म चल्ने मुस्लिम समुदायको महान पर्व रमजानको समयमा युएईका विभिन्न ठाउँमा गई दुबईको प्राईभेट टेलिकम कम्पनी डु र तारेहाम च्यारिटी फाउन्डेसले आयोजना गरेको खाद्य सामग्री वितरण कार्य करिब चौध दिनसम्म चलेको थियो।
नेपालभित्रै जात र धर्मको नाममा भइरहेका विभिन्न नकारात्मक सोच र कार्यलाई चिर्दै आपसी भाइचारा मानवता र सहिष्णुता कायम राख्न नेपाली समुदाय युएईले काठमाडौंमा रहेको जामे मस्जिदमा करिब चार सय साठी जनालाई सामुहिक इफतारी खुवाएको थियो भने २०१६ मा युएई दुबईको जाबेल अलि नजुल क्याम्पको मस्जिदमा प्रार्थनाको लागि पुगेका विभिन्न देशका मुस्लिम समुदायलाई (ईफ्तार) अर्थात साँझको खाना खुवाएको थियो र यो वर्ष पनि दुबईको डिआइ पी -२ को सम्रिक क्याम्पमा रहेको नवाज गरिने ठाउँमा गइ करिब २०० जनालाई सामुहिक इफतारी खुवाएको हो।
नेपाली समुदाय युएईले यस्तो चाड पर्वबाट धेरै कुराहरु जान्ने र बुझ्ने अबसर पाएको भन्दै यस्ता कार्यहरू आगामी दिनमा नेपालमा पनि आयोजना बताएको छ।