युएईमा गएको अगष्ट १ देखि लागू गरिएको आममाफी कार्यक्रम (एमनेष्टि) पुनः एक महिनाका लागि थप गरिएको छ ।
गैह्रकानुनी हैसियतमा रहेका विदेशी नागरिकलाई वैद्य बन्ने अवसर प्रदान गर्न युएई सरकारले गत अगष्टदेखि आममाफी कार्यक्रम सञ्चालन गरिरहेको छ ।
अगष्ट १ देखि ३ महिनाका लागि लागू गरिएको आममाफी कार्यक्रम नोभेम्बरमा १ महिनाका लागि थप गरिएको थियो। यो समयसिमा गत नोभेम्बर ३० तारिख सकिएपछि युएई सरकारले ४७ औं राष्ट्रिय दिवसको अवसर पारेर सोमबारदेखि पुनः १ महिनाका लागि थप गरेको हो ।
यस अवधीमा युएईमा भिजिट भिजामा आई ओभर स्टे भएका , कम्पनी छोडेका , राहदानी हराएका र अन्य विभिन्न कारणले गैह्रकानुनी बनेका विदेशी नागरिकहरुले भिजाको स्थिति परिवर्तन गरि वैध बन्ने , नयाँ रोजगारदाता खोज्ने , बिना जरिवाना स्वदेश फर्कने लगायतका लाभ प्राप्त गर्न सक्नेछन्।
आममाफी कार्यक्रम सञ्चालन भएपछिको ४ महिनामा यसबारे बुझ्न दैनिक २० देखि २५ जना घरेलु महिला कामदार दूतावास आएको र ती मध्ये अधिकांसले यसबाट लाभ लिएको नेपाली दूतावास युएईका द्वितीय सचीव विष्णु अधिकारीले जानकारी दिइन् ।
विभिन्न कारण अवैध बनेका नेपालीहरुलाई आममाफी कार्यक्रममा सहभागी भएर वैद्य बन्न नेपाली दूतावासले आग्रह गरेको छ।