संयुक्त अरब इमिरेट्स (यूएई) ले देश विकासका लागि काम गर्न सक्ने विदेशी नागरिकलाई नागरिकता दिने निर्णय गरेको छ।
युएईका उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मक्तुमले यूएईलाई अझ राम्रो बनाउन सक्ने लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकारजस्ता क्षमतावान् ‘होनाहार’ व्यक्तिलाई नागरिकता दिन लागिएको बताउएका हुन्।
यस्ता व्यक्ति र उनीहरूका परिवारले पनि दोहोरो नागरिकता राख्न पाउने उनले बताएको अबुधाबीबाट निस्कने अबबार द नेशनलले जनाएको छ।
उपराष्ट्रपतिको यस घोषणाले कम आय भएका व्यक्तिले यो प्रावधानमार्फत नागरिकता पाउन कठिन हुनेछ।
यूएईको विकासको यात्रामा योगदान गर्न सक्ने व्यक्तिलाई आकर्षित गर्न यस्तो प्रावधान ल्याएको उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मक्तुमले बताएका छन्।
युएईको राजपरिवारका सदस्य वा कुनै अधिकारीले कुनै विदेशीलाई नागरिकता दिन सिफारिस गर्नेछ । त्यसपछि युएईको क्याविनेटले यसबारे निर्णय गर्नेछ ।
यो निर्णय यस्तो समयमा भएको छ कि कोरोना महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी युएई छाडेर बाहिरिरहेका छन् ।
अबुधावीबाट निस्कने अखबार द नेशनलका अनुसार नयाँ व्यवस्थाबाट खास क्षेत्रका विशेषज्ञ, र बिदेशी लगानीकर्तालाई युएईमा अवसर मिल्नेछ ।