नेपालको वित्तीय साक्षरतामा काम गर्दै आईरहेका नेपाली युवा प्रकाश कोईरालाले लन्डनमा एउटा अन्तर्राष्ट्रिय पुरस्कार हात पारेका छन । कोईरालाले लन्डन इन्स्टिच्युट अफ बैंकिंग एण्ड फाइनान्स बाट वित्तीय साक्षरतामा सराहनीय काम गरेको आधारमा 'फाइनान्सियल ईनोभेसन अवार्ड २०१७' प्राप्त गरेका हुन् ।
संसारका सयौं प्रतिष्ठित वित्तीय संस्थान हरुले प्रतिस्प्रधा गरेको यो अवार्ड संगै पुरस्कृत भएका कोईरालाले २५ सय पाउण्ड सहितको ट्रफी लिन सफल भएका हुन ।
बिहिबार लन्डनमा आयोजित एक समारोहका बिच विजेता कोईरालालाई सेक्युर ट्रस्ट बैकका कार्यकारी निर्देशक र बिबिसी नेटवर्क टेलिभिजन प्रस्तोताले उक्त पुरस्कार संयुक्त रुपमा प्रदान गरेका थिए ।
कोईराला आवद्द संस्था 'फिन्लीट नेपाल' ले नेपालमा बिभिन्न बैंक तथा वित्तीय संस्थाहरु संग मिलेर वित्तीय साक्षरता अभिव्रिद्दी कार्यक्रमहरु चलाउने गरेको छ । यो संस्थाले जनतालाई साना तथा मझौला व्यावसाय गर्न सघाउनुका साथै ग्रामिण क्षेत्रका जनतालाई पैसाको मुल्य बुझाएर स्थानीय स्तरमा बाँडफाँड हुने बजेटमा भाग लिन सिकाई पारदर्शिता र जवाफदेहितामा जोड दिदै आएको छ ।
जनतालाई बैंक तथा वित्तीय संस्थाको सहयोगमा साना तथा मझौला ब्येबसाय गर्न सहयोग गर्दै आएको यो संस्थाले ग्रामीण क्षेत्रमा पैसाको मूल्य बुझाएर स्थानिय स्तरमा बाँडफाँड हुने बजेटमा जनतालाई भाग लिन सिकाइ पारदर्शिता र जबाफदेहीतामा जोड दिंदै आएको छ ।
अवार्ड सेरेमोनीमा भाग लिन यसै साता मात्र नेपाल बाट लन्डन आईपुगेका अवार्ड विजेता कोईरालाले सेतोपाटी संगको कुराकानीमा यो पुरस्कारले आफुलाई नेपालको ग्रामिण वित्तीय क्षेत्रमा काम गर्ने थप हौसला प्रदान गरेको बताए । 'अन्तराष्ट्रिय प्रतिस्प्रधी हरु माझ आफ्नो छनौट हुनुलाई मैले नेपाल र नेपालीको गौरवको रुपमा लिएको छु', उनले भने ।
कोइरालाले दुई वर्ष अघी लन्डन बाटै 'युथ फाइनान्सियल अवेरनेस अवार्ड' प्राप्त समेत गरेका थिए ।